LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नंं ५ का उमेदवार खिमलाल भट्टराईले नेकपा एमाले मात्रै जेनजीको माग सम्बोधन गरेर जान सक्ने एकमात्र पार्टी भएको बताउनु भएको छ । नेकपा एमाले निर्वाचन क्षेत्र नंं ५ को निर्वाचन परिचालन कमिटी घोषणा सभालाई बुधबार सैनामैनाको कलौनीमा सम्बोधन गर्दै एमाले उमेदवार ले नेकपा एमालेले नेपालको राजनीतिलाई विकासमा केन्द्रित गर्न चाहेको बताउनु भयो । उहाँले नेकपा एमालेको सरकारले एकसय रुपैयाबाट सुरु गरेको बृद्ध भत्ताले बिधुवा महिलाहरुको आत्मसम्मान बढाएको बताउनु भयो । उहाँले बृद्ध भत्ताबाट पाएको पैसाकै कारण बृद्धबृद्धाको औसत आयु बढाएको उल्लेख गर्दै पछिल्लोसमय बृद्धभत्ताकै कारण गाउँघरमा जेष्ठ नागरिकको चौरासी पुजा गर्ने अवस्था आएको बताउनुभयो ।


उहाँले नेकपा एमालेले जनताको जीवन बदल्न चाहेको बताउँदै जनताको जीवनमा आउने बदलावले मात्रै नेपाल सम्मृद्ध हुने उल्लेख गर्नुभयो । उम्मेदवार भट्टराईले एमालेको सम्मृद्ध नेपाल सुखी नेपाली भन्ने नाराले देशलाई बदल्ने संकल्प लिएको समेत उल्लेख गर्नुभयो ।


कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य भूमिश्वर ढकालले स्थानीय जनताको माग र आवश्यकता बुझेको र यहाँको समस्या सम्बोधन गर्न सक्ने नेताको रुपमा खिमलाल भट्टराईलाई पाउनु गौरवको कुरा भएको बताउनुभयो । उहाँले भोलिको दिनमा देशको नेतृत्व पनि लिनसक्ने नेताको रुपमा भट्टराईको नेतृत्व शक्ति रहेको उल्लेख गर्दै भोलि जनतालाई आवश्यक परेको बेला चाहिने नेताको रुपमा पनि भट्टराईको उमेदवारीले यस क्षेत्रका जनताले ठूलो भरोसा राखेको उल्लेख गर्नुभयो ।

नेकपा एमाले क्षेत्र नंं ५ को क्षेत्रीय संयोजक खडग कुँवरको अध्यक्षतामा भएको घोषणा सभाको संचालन सचिव कृष्णशंकर गुप्ताले गर्नुभएको थियो । सो अवसरमा ५ हजार १ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । निर्वाचन परिचालन समितिको संयोजकमा कृष्ण घिमिरे र अनुगमन समितिको संयोजकमा भूमिलाल सापकोटा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय