LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नंं ५ का उमेदवार खिमलाल भट्टराईले नेकपा एमाले मात्रै जेनजीको माग सम्बोधन गरेर जान सक्ने एकमात्र पार्टी भएको बताउनु भएको छ । नेकपा एमाले निर्वाचन क्षेत्र नंं ५ को निर्वाचन परिचालन कमिटी घोषणा सभालाई बुधबार सैनामैनाको कलौनीमा सम्बोधन गर्दै एमाले उमेदवार ले नेकपा एमालेले नेपालको राजनीतिलाई विकासमा केन्द्रित गर्न चाहेको बताउनु भयो । उहाँले नेकपा एमालेको सरकारले एकसय रुपैयाबाट सुरु गरेको बृद्ध भत्ताले बिधुवा महिलाहरुको आत्मसम्मान बढाएको बताउनु भयो । उहाँले बृद्ध भत्ताबाट पाएको पैसाकै कारण बृद्धबृद्धाको औसत आयु बढाएको उल्लेख गर्दै पछिल्लोसमय बृद्धभत्ताकै कारण गाउँघरमा जेष्ठ नागरिकको चौरासी पुजा गर्ने अवस्था आएको बताउनुभयो ।


उहाँले नेकपा एमालेले जनताको जीवन बदल्न चाहेको बताउँदै जनताको जीवनमा आउने बदलावले मात्रै नेपाल सम्मृद्ध हुने उल्लेख गर्नुभयो । उम्मेदवार भट्टराईले एमालेको सम्मृद्ध नेपाल सुखी नेपाली भन्ने नाराले देशलाई बदल्ने संकल्प लिएको समेत उल्लेख गर्नुभयो ।


कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य भूमिश्वर ढकालले स्थानीय जनताको माग र आवश्यकता बुझेको र यहाँको समस्या सम्बोधन गर्न सक्ने नेताको रुपमा खिमलाल भट्टराईलाई पाउनु गौरवको कुरा भएको बताउनुभयो । उहाँले भोलिको दिनमा देशको नेतृत्व पनि लिनसक्ने नेताको रुपमा भट्टराईको नेतृत्व शक्ति रहेको उल्लेख गर्दै भोलि जनतालाई आवश्यक परेको बेला चाहिने नेताको रुपमा पनि भट्टराईको उमेदवारीले यस क्षेत्रका जनताले ठूलो भरोसा राखेको उल्लेख गर्नुभयो ।

नेकपा एमाले क्षेत्र नंं ५ को क्षेत्रीय संयोजक खडग कुँवरको अध्यक्षतामा भएको घोषणा सभाको संचालन सचिव कृष्णशंकर गुप्ताले गर्नुभएको थियो । सो अवसरमा ५ हजार १ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । निर्वाचन परिचालन समितिको संयोजकमा कृष्ण घिमिरे र अनुगमन समितिको संयोजकमा भूमिलाल सापकोटा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय