LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

मुर्गिया फुटबल क्लबको आयोजनामा विहिवारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता हुने भएको छ । सैनामैना नगरपालिका भित्रका ११ वटै वडामा रहेका खेलाडीहरूको क्षमता अभिवृद्धि, प्रतिभा पहिचान तथा दीर्घकालीन खेल विकासलाई लक्ष्य गर्दै पहिलोपटक लिग आधारमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
प्रतियोगिता आयोजक मुर्गिया फुटबल क्लबका अध्यक्ष प्रविन भारीले प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख र दोस्रो हुने टिमले ५० हजार पुरस्कार प्राप्त गर्ने बताउनु भयो । उहाँले उत्कृष्ट खेलाडीलाई नगद ३ हजार, उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीलाई तीन हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो ।

साथै अरु विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सहआयोजक सैनामैना नगर खेलकुद समितिका संयोजक खिम श्रेष्ठले स्थानीय स्तरमै लिग आयोजना हुनु खेलकुद विकासको लागि महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो । उहाँले गाउँ गाउँमा रहेका युवाहरु फुटवल खेलप्रति आकर्षित भैरहेको बताउँदै युवा खेलाडीहरुले राष्ट्रिय स्तरको लिग खेल्ने अवसर प्राप्त गर्ने भएकोले यही सम्भावनालाई मध्यनजर गर्दै वडास्तरीय लिगबाट खेलाडी उत्पादन गर्ने उद्देश्य समेत रहेको बताउनुभयो ।

प्रतियोगितामा सैनामैनाका ११ वडाबाट ११ वटा टिम सहभागी हुनेछन् । सहभागी टिमहरूलाई तीन समूहमा विभाजन गरी लिग प्रणालीमा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । १४ दिनसम्म चल्ने प्रतियोगितामा कुल १९ खेल हुने जानकारी क्लबका सचिव रामकृपाल यादवले जानकारी दिनुभयो । उदघाटन खेल सैनामैना वडा नम्बर ३ र वडा नम्बर ६ बीच हुने प्रतियोगिताका खेल संयोजक कशिष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय