LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

सैनामैना, १६ माघ ।

सैनामैना स्थित कलौनीमा माघ १२ देखि सुरु भएको ७ औं संस्करणको सैनामैना महोत्सव भजनमय बनेको छ ।

महोत्सवमा बिहिबार सम्पन्न भजन प्रतियोगितामा संगम भजन समूह सैनामैना २, पन्चायन भजन समूह सैनामैना ४, कालमोचन शिवालय भजन समूह सैनामैना ६, देउराली भजन समूह सैनामैना ५, वैष्ण देवि भजन समूह सैनामैना ६, रैनादेवी भक्त्ती भजन समूह सैनामैना ६, चेतनशिल भजन समूह सैनामैना ५ को सहभागिता रहेको थियो । महोत्सवमा २७ ओटा भजन समूह प्रतियोगितामा सहभागी हुने छन भने २० गते अन्तिम भजन प्रतियोगिता हुने छ नतिजा पनि तेसै दिन प्रकासन हुने र पुरस्कार बितरण हुने आयोजकले जनाएका छन ।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान सैनामैना शाखाको समन्वयमा भएको भजन प्रतियोगितामा लोक तथा दोहोरी गायक तथा राष्ट्रिय लोक भजन चिड्का संरक्षण प्रतिष्ठान केन्द्रिय उपमहासचिब नारायण प्रसाद भुषाल, प्रदेस सल्लाहकार डण्डपानी पाण्डेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको छ भने प बिष्णु घिमिरेले सहजीकरण गर्नुभएको सैनामैना नगर अध्यक्ष कृष्ण कडेलले जानकारी दिनुभएको छ ।

महोत्सवमा आज शुक्रबार लोकप्रिय गायिका रितु शाही, अर्जुन सापकोटा, दिपक दर्लामी मगर, विष्णु सिंजाली लगायतको प्रस्तुती रहने सैनामैना महोत्सव २०८२ का कला तथा संस्कृति संयोजक दिपेन्द्र ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय