LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

देश र जनताको हितका लागि आफ्नो प्राणको आहुति दिने महान शहीदहरूको सम्झनामा देशभर शहीद दिवस मनाइएको छ। यसै सन्दर्भमा रुपन्देहीको सैनामैनामा पनि होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूले विशेष कार्यक्रमको आयोजना गरी शहीदहरू प्रति सम्मान व्यक्त गरेका छन्।

 

इतिहासका विभिन्न कालखण्डमा प्रजातन्त्र र स्वतन्त्रताका लागि बलिदान दिने शहीदहरूको सम्मानमा आज सैनामैना ४, मुर्गिया स्थित लुम्बिनी रोडमा दीप प्रज्वलन गरिएको छ। सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबार साँझ सो कार्यक्रम सम्पन्न भएको हो।

संघले पहिलो पटक शहीद दिवसको अवसर पारेर औपचारिक रूपमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बोल्दै संघकी अध्यक्ष माया के.सी. ले शहीदहरूको सम्मान गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको बताउँदै

देशका लागि ज्यान दिने सपुतहरू प्रति सम्मान भाव व्यक्त गर्नु हामी सबै देशवासीको जिम्मेवारी हो भन्नु भो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका सल्लाहकार गोविन्द खरेलले आगामी दिनमा सबै व्यवसायीहरूलाई एकजुट बनाउने खालका कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

संघका अध्यक्ष माया के.सी. को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन वरिष्ठ उपाध्यक्ष हुम प्रसाद घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन महासचिव नवराज पन्थीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय