LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |
Screenshot

बुटवल, फागुन ३  ।
बुटवल उपमहानगरपालिका बस्नयोग्य सहरमात्रै होइन, आधुनिक सहरको रुपमा आफ््नो पहिचान पनि स्थापित गर्दै गएको छ । बुटवलले सहरी क्षेत्र मात्र होइन नगरका ग्रामीण क्षेत्रमा भौतिक पूर्वाधार विकासका लागि यथेष्ट बजेट विनियोजन गरी योजनबद्ध विकासमा अगाडि बढेको छ । बुटवललाई आधुनिक सहरको रुपमा पहिचान दिलाउने काम भने यहाँका जनप्रतिनिधिले गर्दै आएका छन् । करिब २ लाख जनसंख्या रहेको बुटवल विकासको दृष्टिले नेपालकै ठूलो र आधुनिक सहर हो । त्यसो त बुटवलको पहिचान करिब एक करोड दश लाख वर्ष पुरानो आदिम मानव रामापिथेकसको अवशेष फेला परेको र नेपाल अङ्ग्रेज युद्धमा विजय हासिल गरेको प्राचीन, ऐतिहासिक, पर्यटकीय, व्यापारिक र व्यावसायिक केन्द्रको रूपमा समेत विश्वमै स्थापित रहेको छ । त्यसमाथि मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र जित गढी किल्ला रहेका छन् । मणिमुकुन्दसेन उद्यान, हिलपार्क, कपरकट्टी ताल, सिद्धबाबा मन्दिर, नरैनापुर धाम, निलकण्ठ बाबाधाम, मुक्तिनाथधाम, गणेश मन्दिर, नारायण स्थान, राधाकृष्ण मन्दिर, कालिका मन्दिर, राममन्दिर, भुवनेश्वरी मन्दिर, बौद्ध गुम्बा, पद्यम चैत्य विहार यहाँका प्रमुख पर्यटकीय र धार्मिक स्थल हुन् ।

Screenshot

बुटवललाई शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार, उद्यमलगायतलाई अरू धेरै अगाडि ल्याउनुपर्ने आवश्यकता जनप्रतिनिधिले बोध गरेका छन । बुटवललाई हरेक दृष्टिबाट अगुवा सहरका रूपमा स्थापित गर्नुपर्ने भन्ने मान्यतालाई मुख्य प्राथमिकता दिएर सोही अनुसार काम अगाडि बढाएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे बुटवललाई बस्नयोग्य सहरको रुपमा बुटवलको पहिचान बदल्ने संकल्प गर्दछन । बुटवललाई देशकै अगुवा सहरका रूपमा स्थापित गर्नका लागि शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतामा बढाउनको लागि पालिकाले योजना बनाएको छ । हामी बुटवललाई शैक्षिक, व्यापारिक, औद्योगिक, पर्यटकीय, प्रविधियुक्त, स्वस्थ र अगुवा नगरका रूपमा स्थापित गर्न प्रयत्नरत रहेको पाण्डेको भनाई छ ।

बुटवल उपमहानगरपालिकाले नयाँ नेतृत्व आएपछि बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६÷१६ बेडका अक्सिजन सहितका दुई अस्पताल निर्माण सम्पन्न गरेको छ । यस्तै बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए अन्तिम चरणमा पुगेको छ भने बुटवल उपमहानगरपालिका वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ बिगाहा जग्गा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनसँग सहमति प्राप्त भई आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । यस्तै लामो समयसम्म विवादमा रहेको मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा यकिन गरी व्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नाप जाँच गर्ने कार्य सम्पन्न गरेको छ भने लामो समयसम्म बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गरे पनि बसोबासको कुनै प्रमाण नभएकाहरूलाई बसोबासको प्रमाण पत्र प्रदान गर्न सूचना जारी गरी प्रमाण पत्र वितरणको लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

Screenshot

उपमहानगर क्षेत्रभित्र सडक तथा सार्वजनिक स्थलमा अव्यवस्थित रूपमा रहेका ठेला व्यवसाय र अन्य व्यवसाय तथा सामग्री हटाई व्यवस्थित गर्ने कार्य निरन्तर अघि बढेको हो । बुटवल उपमहानगरपालिकाबाट इजाजत प्राप्त नगरेका ई–रिक्सा सञ्चालनमा रोक लगाउँदै इजाजत प्राप्त भएका ई–रिक्सा नियमन तथा व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरहेको छ भने सडकपेटीमा लगाउँदै आएका हरेक खालका व्यवसायलाई व्यवस्थित गर्दै हाटबजारभित्र व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको छ । तिनाउ नदी किनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा च्यानलाइज गर्ने कार्यको प्रक्रिया थालनी भएको छ र नदीको विभिन्न ठाउँमा तारजाली लगाउने कार्यलाई निरन्तरता दिइएको छ । ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रलाई गएको वर्षा याममा जोखिममुक्त बनाउने काम सफल भएको छ । साथै, आगामी वर्षा याममा जोखिम न्यूनीकरण गर्न बजेट व्यवस्थापन गरिसकिएकोले छिटै टेन्डर प्रक्रियामा जाने तयारी रहेको छ । आम्दा अस्पतालमा पारा मेडिकल र नर्सिङ विषयको प्रवीणता प्रमाण पत्र तहको कक्षा सञ्चालन, फार्मेसी ल्याब र थेरापी अध्ययनका लागि काम अघि बढेको छ । बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि भौतिक पूर्वाधार तयार गर्ने काम अघि बढेको छ ।

बुटवल–१६ मा कृषि विज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । बहुतले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भई आवश्यक प्रक्रिया अघि बढेको छ ।
भौतिक पूर्वाधार प्राथमिकतामाः

बुटवल उपमहानगरपालिकाले पछिल्लो समय भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा काम अघि बढाएको छ । सडक, स्वास्थ्य, सार्वजनिक सुरक्षा, हरियाली, पार्क, सरसफाई र सहरी व्यवस्थापनका क्षेत्रमा एकैसाथ काम भइरहँदा बुटवलको सहरी स्वरूप तीव्र गतिमा परिवर्तन हुँदै गएको छ । नगरप्रमुख खेलराज पाण्डेयले पूर्वाधार विकाससँगै बुटवललाई बस्न योग्य, सुरक्षित र व्यवस्थित सहरका रूपमा रूपान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । उनका अनुसार सडक व्यवस्थापन, सहरी उज्यालो, गौशाला, स्वास्थ्य पूर्वाधार, पार्क र सरसफाइ अभियान एकीकृत रूपमा अघि बढाइएका छन् ।

उज्यालो बुटवल कार्यक्रम नगरको पहिचानकै रूपमा स्थापित हुँदै गएको छ उल्लेख गरे । यस कार्यक्रम अन्तर्गत नगरका मुख्य चोक, भित्री सडक र राजमार्ग क्षेत्रमा दर्जनौं हाइमास्ट लाइट जडान गरिएको छ । स्मार्ट स्ट्रिट लाइट तथा ट्राफिक लाइट व्यवस्थापनले दुर्घटना न्यूनीकरण, महिला तथा बालबालिकाको सुरक्षा र रात्रीकालीन आर्थिक गतिविधि विस्तारमा सहयोग पुगेको नगरको दाबी छ । सहरी सुरक्षालाई प्रविधिसँग जोड्दै दर्जनौंस्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । निगरानी प्रणालीमार्फत आपराधिक गतिविधि नियन्त्रण, ट्राफिक व्यवस्थापन र आपत्कालीन अवस्थाको अनुगमन सहज भएको बताइएको छ । सडक सौन्दर्यीकरण तथा हरियाली प्रवद्र्धन कार्यक्रम पनि तीव्र रूपमा अघि बढाइएको छ । नगरका मुख्य राजमार्ग डिभाइडरमा तारबार, वृक्षारोपण र संरक्षण अभियान सञ्चालन गरिएको छ । फूलविरुवा रोपिएको र नियमित सरसफाइ तालिकाअनुसार कार्यक्रम सञ्चालन भइरहेको सूचना अधिकारी ठगिश्वर पोखरेल ले जानकारी दिए । सार्वजनिक स्थललाई आकर्षक बनाउने उद्देश्यले झिलिमिली प्रकाश व्यवस्थापन, सडक छेउ सरसफाइ र हरित क्षेत्र विस्तारका कामले सहरको दृश्य सौन्दर्य बढाएको नगरको भनाइ छ ।

सडकमा छाडा चौपायाको समस्या समाधान गर्न गौशाला व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको छ । बुटवल–७ शिवनगरमा सञ्चालनमा रहेको ‘नन्दिनी’ गौशालामा ठूलो संख्यामा गाईगोरु संरक्षण गरिएको जनाइएको छ । यसले ट्राफिक व्यवस्थापन, सडक स्वच्छता र धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको दाबी गरिएको छ । स्वास्थ्य पूर्वाधार विस्तारतर्फ पनि नगरले लगानी बढाएको छ ।

वडागत रूपमा पनि पूर्वाधार विस्तारका काम भइरहेका छन् । वडा नं. ९ स्थित लुम्बिनी बसपार्क परिसरमा स्नानगृहसहित शौचालय निर्माण भई सञ्चालनमा आएको छ । सो क्षेत्रमा निःशुल्क वाइफाइ सेवासमेत उपलब्ध गराइएको छ । वडा नं. ८ मा मिलनचोकदेखि पूर्वतर्फ जाने त्रिभुवन पथमा नाली, फुटपाथ र कालोपत्रेसहित स्तरोन्नति भइरहेको छ ।
ऐतिहासिक सम्पदा संरक्षणतर्फ जितगढी किल्ला परिसरमा क्यान्टिन तथा स्टेज कभरेज निर्माणको पहल थालिएको छ । पर्यटन प्रवद्र्धनसँगै सांस्कृतिक संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । पूर्वाधार योजनाको प्रभाव स्थानीयवासीले प्रत्यक्ष महसुस गर्न थालेका छन् । समग्रमा भौतिक पूर्वाधार, सुरक्षा, स्वास्थ्य, हरियाली र सहरी व्यवस्थापनका योजनाले बुटवललाई आधुनिक, व्यवस्थित र बस्न योग्य सहरका रूपमा रूपान्तरण गर्ने आधार तयार पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय