LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ५ मा निर्बाचन प्रचार प्रसार अभियान तीब्र बनेको छ । निर्वाचनलाई लक्षित गरि आईतबार एकैदिन रुपन्देही क्षेत्र नं. ५ का ३२ वटा वडामा एकैपटक सम्पर्क कार्यालय स्थापना भएको छ ।

नेपाली कांग्रेसले यही सम्पर्क कार्यालयमार्फत गाउँ, टोल र वडा वडासम्म निर्वाचन प्रचार प्रसार अभियानलाई प्रभावकारी बनाउने उदघोष गरेको छ । रुपन्देही क्षेत्र नंं ५ बाट कांग्रेसका उम्मेदवार भरतकुमार साहले घरदैलो अभियानका साथै कार्यकर्ता भेटघाट गर्दै आम मतदाताको गुनासो सुन्दै आउनु भएको छ । त्यसक्रममा कांग्रेस उम्मेदवार साहसंग रुपन्देही ५ का मतदाताले अधुरो रहेको विकास निर्माणको कामलाई पूरा गर्न आग्रह गरेका छन । कांग्रेस उम्मेदवार साहले पनि मतदातासंग आफूले विगत तीन दशक बढी समयदेखि यही क्षेत्रको विकासमा ध्यान दिएको र आफ्नो सिंगो जीवन यही क्षेत्रको लागि लगाएकोले यसपटक जनताको विश्वास आफूले पाउने बताउँदै आउनु भएको छ ।

उम्मेदवार साहले आईतबार सम्पर्क कार्यालय उदघाटन संगै घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिनुभएको छ ।

घरदैलो अभियानका क्रममा रुपन्देहप् ५ का स्थानीय बासिन्दाले उम्मेदवार साहलाई उत्साहपूर्ण स्वागत गरेका छन । आगामी फागुन २१ गते हुने निर्वाचनमा पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय मतदाताले कांग्रेसप्रति आफ्नो विश्वास यथावत् रहेको बताएका छन ।

मतदातासँगको अन्तरक्रियामा उम्मेदवार साहले यो क्षेत्रको समग्र विकासमा युवाको योगदान अत्यन्त महत्वपूर्ण हुने बताउँदै विगतमा पनि युवालाई नेतृत्वमा अघि बढाएको र आगामी दिनमा समेत युवासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

घरदैलो कार्यक्रमका क्रममा साहले स्थानीय समस्या, आवश्यकता तथा जनअपेक्षाबारे विस्तृत छलफल गर्दै आउनु भएको छ ।
उम्मेदवार साहले शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीजस्ता क्षेत्रका समस्याहरू समाधान गर्न प्रभावकारी पहल गर्ने र जनताका आवाज संसदमा मजबुत रूपमा उठाउने विश्वास दिलाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय