LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

अर्थमन्त्री रामेश्वर खनालले आर्थिक स्थायित्व कायम गर्ने, सुशासन कायम गर्ने लगायतका विषयमा निजी क्षेत्रसँगको सहकार्यमा वर्तमान सरकार केही काम गर्न सफल भएको बताएका छन्।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रमा प्रतिनिधिमूलक संस्थाका प्रमुखहरूसँगको भेटमा उनले अति छोटो अवधिको यो सरकारले केही काम गरेको र बाँकी आगामी सरकारलाई हस्तान्तरण गरिने बताएका हुन्।

लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, घरेलु उद्योगको संरक्षण गर्दै निर्यात प्रवर्द्धन गर्न, पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गर्नका विभिन्न क्षेत्रबाट आएका सुझाव अनुसार केही विषय सम्बोधन भएको र वर्तमान परिस्थिति र नीतिगत जटिलताका कारण आफ्नो कार्यकालमा अर्थ मन्त्रालयबाट सम्पादन हुन बाँकी रहेका कार्यहरूको जानकारी आगामी अर्थमन्त्रीलाई हस्तान्तरण गरिनेछ अर्थमन्त्री खनालले भने।

आफ्नो कार्यकालका प्रारम्भिक दिनको चुनौती भदौ २३ र २४ को आन्दोलनका कारण बिग्रिएको व्यवसायिक वातावरण र खस्किएको निजी क्षेत्रको मनोवल उठाउने रहेको प्रतिक्रिया उनको थियो।

तर, हाल समस्याहरू समाधान भई व्यवसायिक वातावरणमा सुधार आएको प्रतिक्रिया निजी क्षेत्रले दिएको उनले बताए।

छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले मूल्यअभिवृद्धि करतर्फ बहुदरमा जानु पर्ने, कच्चा पदार्थको आयातमा लाग्ने कर र तयारी वस्तुको आयातमा लाग्ने करको कम्तीमा दुई तह न्यून हुनु पर्ने विषय प्राथमिकतामा राखिनुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय