LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन सम्वाद भएको छ । रास्वपा बरिष्ठ नेता बालेन शाहसँग भने कुराकानी/भेटघाट केही नभएको प्रचण्ड निकट स्रोतले बतायो ।

यसअघि प्रचण्ड र बालेनबीच भेटघाट भएको समाचार सार्वजनिक भएको थियो । तर नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले बालेनसँग भेटघाट भएको भनेर आएका समाचार सत्य नभएको बताए ।

प्रचण्डको स्वकीय सचिव समेत भइसकेका आचार्यका अनुसार प्रचण्ड र रविबीच चुनाव जितिसकेपछि मोबाइल फोनमा कुराकानी भएको थियो । त्यसक्रममा चुनाव जितेकोमा एकअर्काले बधाई दिएका थिए । त्यसबाहेक अरु केके कुरा भयो भन्ने खुलेको छैन ।‘बालेनसँग भेटेको भन्ने कुरा सत्य होइन । रास्वपा सभापति रविजीसँग भने मोबाइलमा कुराकानी भएको हो,’ आचार्यले अनलाइनखबरसँग भने, ‘उहाँहरुले चुनाव जितेकोमा एकअर्कालाई बधाई दिनुभयो । त्यसबाहेक अरु कुराकानी केही भएन ।’

पछिल्लोपटक बालेनका बुवा रामनारायण शाहको निधनमा समवेदना व्यक्त गर्न उनकै घर पुगेका बेला प्रचण्डले बालेनसँग भेट भएको थियो ।

प्रतिनिधि सभा निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पहिलोपटक आज भेट भएको छ ।

ओलीका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जली दिन आज बिहान प्रचण्ड नेपाल–कोरिया मैत्री अस्पताल गठ्ठाघर पुगेका थिए । त्यहीक्रममा ओली र प्रचण्डबीच भेट भएको हो । ‘ओलीजीसँगको यो भेट चुनावपछिको पहिलो हो,’ नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सचिव आचार्यले भने ।

आचार्यका अनुसार चुनावपछि कांग्रेस सभापति गगन थापासँग भने प्रचण्डको कुराकानी र भेटघाट भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय