LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन सम्वाद भएको छ । रास्वपा बरिष्ठ नेता बालेन शाहसँग भने कुराकानी/भेटघाट केही नभएको प्रचण्ड निकट स्रोतले बतायो ।

यसअघि प्रचण्ड र बालेनबीच भेटघाट भएको समाचार सार्वजनिक भएको थियो । तर नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले बालेनसँग भेटघाट भएको भनेर आएका समाचार सत्य नभएको बताए ।

प्रचण्डको स्वकीय सचिव समेत भइसकेका आचार्यका अनुसार प्रचण्ड र रविबीच चुनाव जितिसकेपछि मोबाइल फोनमा कुराकानी भएको थियो । त्यसक्रममा चुनाव जितेकोमा एकअर्काले बधाई दिएका थिए । त्यसबाहेक अरु केके कुरा भयो भन्ने खुलेको छैन ।‘बालेनसँग भेटेको भन्ने कुरा सत्य होइन । रास्वपा सभापति रविजीसँग भने मोबाइलमा कुराकानी भएको हो,’ आचार्यले अनलाइनखबरसँग भने, ‘उहाँहरुले चुनाव जितेकोमा एकअर्कालाई बधाई दिनुभयो । त्यसबाहेक अरु कुराकानी केही भएन ।’

पछिल्लोपटक बालेनका बुवा रामनारायण शाहको निधनमा समवेदना व्यक्त गर्न उनकै घर पुगेका बेला प्रचण्डले बालेनसँग भेट भएको थियो ।

प्रतिनिधि सभा निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पहिलोपटक आज भेट भएको छ ।

ओलीका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जली दिन आज बिहान प्रचण्ड नेपाल–कोरिया मैत्री अस्पताल गठ्ठाघर पुगेका थिए । त्यहीक्रममा ओली र प्रचण्डबीच भेट भएको हो । ‘ओलीजीसँगको यो भेट चुनावपछिको पहिलो हो,’ नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सचिव आचार्यले भने ।

आचार्यका अनुसार चुनावपछि कांग्रेस सभापति गगन थापासँग भने प्रचण्डको कुराकानी र भेटघाट भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय