LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ।

९७ वर्षको उमेरमा शुक्रबार बिहान उनको निधन भएको हो।

बिहान ३ बजे भक्तपुर गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा निधन भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार अध्यक्ष ओलीका पिता केही दिनदेखि अस्वस्थ थिए। उनी छोरीको घरमा बस्दै आएका थिए। शारीरिक अवस्था जटिल भएपछि आज बिहान अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

उनको पार्थिक शरीर केही बेरमा भक्तपुरस्थित अध्यक्ष ओली निवास गुण्डु लगिने र पशुपतिस्थित आर्यघाटमा आजै दाहसंस्कार हुने सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय