LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

 फागुन ३०, २०८२ शनिबार 

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न आग्रह गरेको छ । घरघरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न निगमले आग्रह गरेको हो ।

ग्यासको बिक्री वितरण सहज बनाउन निर्देशन दिइरहेको भन्दै निगमले कहीँ कतै अनियमितता भएको देखिए सूचना दिन पनि भनेको छ । अन्तर्राष्ट्रिय स्तरमा देखिएको युद्धका कारण अहिलेसम्म ग्यास तथा इन्धन आयातमा कुनै समस्या नभएको पनि निगमले दाबी गरेको छ ।

ग्यासको बिक्री वितरण सहज बनाउन भन्दै निगमले हिजोदेखि आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्न थाले पनि उपभोक्ताले अभाव झेलिरहेका छन् । आधा सिलिण्डर ग्यासको लागि पनि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ ।

ग्यास पाउन नसकेपछि बजारमा विद्युतीय चुल्होको माग बढेको छ । यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय