LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

 फागुन ३०, २०८२ शनिबार 

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न आग्रह गरेको छ । घरघरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न निगमले आग्रह गरेको हो ।

ग्यासको बिक्री वितरण सहज बनाउन निर्देशन दिइरहेको भन्दै निगमले कहीँ कतै अनियमितता भएको देखिए सूचना दिन पनि भनेको छ । अन्तर्राष्ट्रिय स्तरमा देखिएको युद्धका कारण अहिलेसम्म ग्यास तथा इन्धन आयातमा कुनै समस्या नभएको पनि निगमले दाबी गरेको छ ।

ग्यासको बिक्री वितरण सहज बनाउन भन्दै निगमले हिजोदेखि आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्न थाले पनि उपभोक्ताले अभाव झेलिरहेका छन् । आधा सिलिण्डर ग्यासको लागि पनि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ ।

ग्यास पाउन नसकेपछि बजारमा विद्युतीय चुल्होको माग बढेको छ । यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय