LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना ७ चैत । सैनामैना दलित उत्थान समिति सैनामैनाद्वारा आज  ६१औं  अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसको कोण सभा कार्यक्रम गरि मनाईएको छ  ।

सन् १९६० को दशकमा ल्याटिन अमेरिकी मुलुकमा गोरा शासकद्वारा लादिएको उपनिवेशवाद, जातिभेद तथा रङविरोधी संघर्षमा मारिएकाहरूको सम्झनामा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् १९६६ मा २१ मार्चलाई ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’का रूपमा मनाउन अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरेको थियो ।

नेपालमा सन् २००१ देखि यो दिवस मनाइँदै आएको छ । नेपालले सन् १९७१ मा यसलाई पक्ष राष्ट्रको रूपमा अनुमोदन गरेको थियो । २०६२ र०६३ मा लोकतन्त्र बहाली भएपछि २०६३ साल जेठ २१ मा पुनस्र्थापित प्रतिनिधि सभाको बैठकले नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्यो। त्यसको पाँच वर्षपछि २०६८ जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ संसदबाट पारित भएको थियो ।

सैनामैना नगर समिति द्वारा आयोजित कार्यक्रम मा प्रमुख अतिथि संस्थाको संरक्षक खेम बहादुर बि.क. ले दलित समुदाय माथि हुने कुनै पनि बिभेद का घटनाहरु क्षम्य नहुने भन्दै संबिधानमा भएका सम्पुर्ण दलितका अधिकारहरुलाई अक्षरांश पालना गरि निति निर्माण मा थप परिमार्जन गर्नु पर्ने आवश्यकता रहेको औलाउनु भएको थियो ।
संस्थाका सल्लाहकार अनिल पहाडीले जातीय विभेद गर्नु कानुनतः दण्डनीय भए पनि व्यावहारिक रूपमा कानुन कार्यान्वयन फितलो हुँदा दलित समुदायले विभेद खेपिरहनु परिरहेको भनाई राख्नु भएको थियो ।
कार्यक्रम मा जातिय भेदभाव र छुवाछुत का अपराधीहरुलाई कडा कारवाहि गर,रंगभेद र जातीय बिभेद अन्त्य गरौ।छुवाछ्त मुक्त राष्ट्र निर्माण गरौ ।मानवता नै ठुलो धर्म हो ।सामाजिक न्याय र समता मुलक समाज निर्माण गरौ। भन्ने नारा सहित का प्लेकार्ड हरु प्रदर्शन गरिएका थिए ।
कार्यक्रम मा दलित जनप्रतिनिधि बिष्णु कुमारी बिक , सुनचांँदि ब्यवसायि संघ सैनामैनाका  अध्यक्ष निर्मल कालिराज ,दलित संघ सैनामैनाका सभापति हिरा परियार ,संस्थाका सस्थापक सचिव सन्तोष परियार ,भगत सर्वजित प्रतिष्ठान सैनामैनाका अध्यक्ष निल बहादुर सुनार  , वडा नं. ६ उपसमिति का अध्यक्ष जुद्द बहादुर बिक , वडा नं.१ उपसमिति का अध्यक्ष समिर बि.क.लगायतले शुभकामना भनाई राख्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष जयलाल बिक को अध्यक्षतामा उपाध्यक्ष सिता दर्नाल को स्वागत, महासचिव माया रसाइलीको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय