LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सहकारी ठगीबाहेक संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अभियोजन गर्दा पीडितहरूले मिलापत्रको माध्यमबाट आफ्नो रकम प्राप्त गर्ने न्यायको ढोका समेत बन्द एवं दुरुह भएको देखिन्छ ।

 महान्यायाधिवक्ता सविता भण्डारी बरालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी बाहेक संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगका कारण पीडितहरूले न्याय पाउने बाटो जटिल भएको निष्कर्ष निकालेकी छन् ।

रास्वपा सभापति रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको जवाफ दिने क्रममा पेश भएको फाइलमा यस्तो विवरण उल्लेख छ ।

महान्यायाधिवक्ता भण्डारीले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगका कारण पीडितहरूले रकम फिर्ता पाउने बाटो बन्द भएकाले दुईवटा थप अभियोग संशोधनमार्फत फिर्ताको निर्णय गर्नुपरेको जिकिर गरेकी हुन् ।

महान्यायाधिवक्ताको निर्णयको पूर्णपाठमा भनिएको छ, ‘निक्षेपकर्ताको (पीडित वर्ग) रकम फिर्ता हुने सम्भावनालाई जीवन्त गर्न चाहनेको हकमा मिलापत्र हुनसक्ने सम्भावनालाई जीवित राख्न मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधनको लागि निवेदन दिनुपर्ने देखिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय