LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको कञ्चन गाउँपालिका १ बेलभरियामा रहेको श्री प्रगति नमूना माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरेको छ । मंंगलवार एक समारोहका बीच विद्यालयलाई आईएसओका अन्तर्राष्ट्रिय प्रतिनिधि सुदिप शर्मा, कंचन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल लगायतको उपस्थितिमा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै कंचन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले आफूहरु तीन बर्षअघि जनप्रतिनिधिको रुपमा कञ्चन गाउँपालिकामा आएपछि कंचनको शैक्षिक विकासमा ठूलो उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले कञ्चन गाउँपालिकाका शिक्षकहरुलाई बिषयगत तालिमदेखि नेतृत्व विकासको तालिम, शैक्षिक सामाग्री उत्पादन र प्रयोग सम्वन्धि तालिम प्रदान गरेको बताउनु भयो ।
उहाँले कंचन गाउँपालिकाले दिएको तालिमले कंचनको शैक्षिक गुणस्तर बृद्धीमा टेवा पुगेको बताउँदै कञ्चनको शैक्षिक नतिजा अहिले जिल्लाकै उत्कृष्ट हुन सफल भएको उल्लेख गनुभयो ।

कार्यक्रममा कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापाले प्रगति नमूना माविले गरेको शैक्षिक सुधार नमूनाकै रुपमा रहेको बताउँदै आगामी दिनमा पनि विद्यालयले गुणस्तरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आईएसओका नेपाल प्रतिनिधि सुदिप शर्माले कक्षा कोठालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने बिषयमा विद्यालयले बेलाबेलामा छलफल र अन्तरक्रिया गर्नुपर्ने बताउँदै विद्यालयले अन्तर्राष्टिय शिक्षण विधि प्रयोग गरेकोमा प्रगति माविको प्रशंसा गर्नुभयो ।

त्यसैगरी कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले प्रगति नमूना माविले आईएसओ प्राप्त गरेकोमा बधाई दिदै आगामी दिनमा पनि शैक्षिक गुणस्तर कमजोर हुन नदिन विद्यालयले शैक्षिक कृयाकलापलाई उत्कृष्ट बनाउने छ भन्ने सुझाव दिनुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचन लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । विद्यालयका प्रधानाध्यापक गणेश पौडेलले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक सरोजप्रसाद भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय