LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रूपन्देहीको सैनामैना नगरपालिकामा पहिलोपटक ‘रैथाने सडक खाना महोत्सव’ हुने भएको छ । “साँझको एक छाक सैनामैना होटल व्यवसायी माझ” भन्ने मूल नाराका साथ सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको आयोजनामा तीन दिने उक्त महोत्सव सैनामैना–४ मुर्गियामा सञ्चालन गरिने भएको हो ।
सडक खाना महोत्सव चैत्र २९ र ३० गते र नयाँ बर्ष २०८३ को पहिलो दिन वैशाख १ गते आयोजना हुने भएको हो ।
चालु वर्ष २०८२ को बिदाइ तथा नयाँ वर्ष २०८३ को स्वागतमा आयोजना गर्न लागिएको रैथाने सडक खाना महोत्सवले स्थानीय रैथाने स्वाद, संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।


यस क्षेत्रका मौलिक परिकार र स्थानीय परम्परालाई एकै ठाउँमा प्रस्तुत गर्दै नयाँ वर्षलाई उत्सवमय वातावरणमा स्वागत गर्ने योजना बनाइएको छ ।
महोत्सवमा करिब २० वटा खानाका स्टल रहनेछन । ती स्टलहरूमा सैनामैना क्षेत्र तथा आसपासका स्थानमा पाइने मौलिक रैथाने परिकारका साथै विभिन्न समुदायका विशेष स्वादहरू पनि उपलब्ध गराइने आयोजकले जनाएको छ ।

मूल आयोजक समितिकी संयोजक तथा संस्थाकी अध्यक्ष माया केसीका अनुसार महोत्सवले स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्नुका साथै व्यवसायीहरूलाई नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।
खाना महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिनेछ ।


महोत्सवमा १५ हजार दर्शकको अपेक्षा आयोजकले गरेका छन ।
महोत्सवको पूर्व सन्ध्यामा आयोजकले सैनामैनाका सरोकार वालाका साथै पत्रकारहरुसंग पनि छलफल गरेको छ । त्यसक्रममा पत्रकारहरुले सैनामैनामा पहिलोपटक हुन लागेको रैथाने सडक खाना महोत्सवलाई सफल बनाउन आ– आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय