LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

यातायात व्यवसायीहरूले सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेअनुसार भाडा समायोजन गर्न माग गरेको हो ।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन भइसक्ने तर सार्वजनिक यातायातको हकमा सरकार मौन रहनु विभेदकारी भएको उल्लेख छ ।

यातायात व्यवस्था विभागले चैत ५ गते नै यात्रुवाहक तर्फ ११ दशमलब ३३ प्रतिशत, पहाडी मालवाहक तर्फ १४ दशमलब २९ प्रतिशत र तराई मालवाहक तर्फ ८ दशमलब ८१ प्रतिशत भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरे पनि हालसम्म कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ ।

व्यवसायीहरूले हालको मूल्यवृद्धिका कारण दैनिक लाखौँ रुपैयाँ घाटामा सेवा सञ्चालन गर्नुपरेको बताएका छन्। महासंघले संघीय तथा सातै प्रदेश सरकारलाई वैज्ञानिक विधिअनुसार यथाशीघ्र भाडा समायोजन गर्न माग गरेको छ । माग पूरा नभए व्यवसायीहरूले आफैँ भाडा तोकेर असुल गर्ने चेतावनी समेत दिएका छन्। ।

विज्ञप्तिमा भनिएको छ, अब उप्रान्त घाटामा व्यवसायीले सेवा सञ्चालन गर्न नसकिने भएकोले सेवा बन्द गर्नु पर्ने वा वैज्ञानिक विधिलाई आधार मानी भाडा स्वघोषणा गरी लिने विकल्प छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय