LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

चैत २१ , काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउन ७७ वटै जिल्लाहरूमा खटिने केन्द्रीय प्रतिनिधिरूसँग अन्तरसंवाद गरेको छ । कांग्रेसले आगामी वैशाखबाट जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूसँग शनिबार सानेपामा अन्तरसंवाद गरेको हो ।

‘हामीले प्रतिनिधि नेता साथीहरूलाई उहाँहरूको जिम्मेवारी के हो, जिल्लामा गएर गर्ने के हो, त्यसको बारेमा आज हामीले जानकारीमूलक कार्यक्रम केन्द्रीय कार्यालयमा सम्पन्न गरेका छौं,’ महामन्त्री प्रदीप पौडेलले भने ।

केन्द्रीय प्रतिनिधिहरूले बैशाख महिनाभरी जिल्लामा बसेर सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुरानो सदस्यतालाई अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरणका निम्ति विधानले तोकेबमोजिमको व्यवस्थालाई लागू गर्ने र अन्य जिम्मेवारीहरू पूरा गर्ने उनले जानकारी दिए ।

महाधिवेशनका लागि कांग्रेसले १ बैशाखदेखि मसान्तसम्म देशभरका वडाहरूबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने कार्यतालिका बनाएको छ । सदस्यता अद्यावधिकका लागि कांग्रेसले बैशाखभर एक महिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्दैछ ।

एक महिने सदस्यता अद्यावधिक अभियानपछि वडाहरूले क्रियाशील सदस्यता १५ जेठसम्म प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नु पर्नेछ । यस्तै क्षेत्र र जिल्लाले सदस्यता ‘इन्ट्री’ गरेर २५ जेसम्म केन्द्रमा पठाइसक्नु पर्ने छ ।

केन्द्रले सदस्यतामा आवश्यक छानबनि गरेर अनितम टुंगो लगाउने मिति १५ असारका लागि तोकिएको छ । यस्तै असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्ने कांग्रेसको कार्यतालिका छ ।

प्रतिनिधिसभा निर्वाचनपछि १०-११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज (१६–१९) मा १५ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पारित गरेको थियो ।

कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने भनिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय