LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना ११ मा रहेको बनकट्टी खानेपानी तथा सरसफाई संस्थाको दोश्रो साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्दै डिभिजन खानेपानी कार्यालय रुपन्देहीका प्रमुख प्रकाश केसीले पानी मानवका लागि जीवन हो भन्दै पानी विकासको आधार र मेरुदण्ड पनि हो भन्नुभयो । उहाँले हामीले पानी गुणस्तरयुक्त पिईरहेका छौं भने हामीले उच्चस्तरको जीवन ब्यतित गरिरहेका छौं भन्ने स्पष्ट हुन्छ भन्दै संस्थाले आगामी दिनमा लिने नीति यस क्षेत्रका खानेपानी उपभोक्ताको हितमा महत्वपूर्ण हुने विश्वास ब्यक्त गर्नुभयो ।

त्यसैगरि अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष नेत्रप्रसाद घिमिरेले आम उपभोक्ताको हितलाई ध्यानमा राखेर संस्थाले काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि उपभोक्तालाई सुविधा दिनेगरि सस्थाले काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।


साधारण सभामा सैनामैना नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामप्रसाद भुसाल, गौतमबुद्ध प्रेस क्लबका अध्यक्ष नविन घिमिरे, इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख सागर घले, सैनामैना खानेपानी महासंघका अध्यक्ष विष्णु पाण्डे, खानेपानीका लेखा समिति संयोजक पुनाराम घिमिरे, बनकट्टी टोल विकास समितिकी अध्यक्ष लक्ष्मी गैरे र उपभोक्ताको तर्फबाट ठाकुर घिमिरेले शुभकामना मन्तब्य ब्यक्त गर्दै उपभोक्ताको हितलाई ध्यानमा राखी बनकट्टी खानेपानीले स्वच्छ खानेपानी वितरण गर्नुपर्ने बताउनुभयो ।


बनकट्टी खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष नेत्रप्रसाद घिमिरेको अध्यक्षतामा भएको साधारण सभा उदघाटन समारोहमा उपाध्यक्ष निरकला गैरेले स्वागत तथा कोषाध्यक्ष रिता भुसालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव खिमानन्द पोखरेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय