LIVE
प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न | सैनामैनामा पहिलोपटक ‘रैथाने सडक खाना महोत्सव’ आयोजना हुने | लुम्बिनीका विद्युतीय बस अन्य सहर पठाउने तयारी, स्थानीयमा असन्तुष्टि | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा | कञ्चन गाउँपालिकामा खाना पकाउने ग्याँसको अबस्थाको बारेमा बजार अनुगमन | कञ्चनमा दुइ दिने जीवनशैली तथा तनाव व्यवस्थापनको लागि ध्यान कार्यक्रम सम्पन्न | सरकारी विज्ञापन बारेको रिटमा सर्वोच्चले सरकारलाई छलफलमा बोलायो | सदन चिया पसल र चौतारी होइन, मन लागे आउने नलागे नआउने- मनिष झा | बुधवार कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षा र हिमपातको सम्भावना | लुम्बिनी प्रदेशको राजधानी दाङमा प्रदेश सरकारको प्रशासकीय भवन निर्माण सम्पन्न |
l;dsf]6, !* dªl;/M x’Dnfdf lxdkft ???????? ?????? ???????? ePsf] ?????? ? ?????? :???? ?????÷????

चैत २३, २०८२ सोमबार

पर्सि बुधवार कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि र पर्सि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने तथा पर्सि बुधवार दुई वटा प्रदेशका पहाडी र हिमाली भेगमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

महाशाखाकाअनुसार आज पहाडी र हिमाली केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । चट्याङ, मध्यम वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने बागमती, लुम्बिनी र सुदूरपश्चिमका हिमाली एक/दुई ठाउँमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ ।

भोलि पनि देशभरको मौसमी गतिविधि आजजस्तै रहने अनुमान छ । भोलि पहाडी र हिमाली क्षेत्रमा बदली हुने र केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक/दुई ठाउँमा पनि थोरै पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ ।

 

गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ भने कर्णाली र सुदूरपश्चिमका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा ठूलो वर्षा र हिमपातसमेत हुन सक्ने सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।

पर्सि तराईका केही ठाउँहरूमा समेत मेघगर्जनसहित वर्षाको सम्भावना छ । यो समयमा यात्रा गर्दा, कृषिजन्य गतिविधि गर्दा र दैनिक क्रियाकलाप गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय