LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
l;dsf]6, !* dªl;/M x’Dnfdf lxdkft ???????? ?????? ???????? ePsf] ?????? ? ?????? :???? ?????÷????

चैत २३, २०८२ सोमबार

पर्सि बुधवार कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि र पर्सि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने तथा पर्सि बुधवार दुई वटा प्रदेशका पहाडी र हिमाली भेगमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

महाशाखाकाअनुसार आज पहाडी र हिमाली केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । चट्याङ, मध्यम वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने बागमती, लुम्बिनी र सुदूरपश्चिमका हिमाली एक/दुई ठाउँमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ ।

भोलि पनि देशभरको मौसमी गतिविधि आजजस्तै रहने अनुमान छ । भोलि पहाडी र हिमाली क्षेत्रमा बदली हुने र केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक/दुई ठाउँमा पनि थोरै पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ ।

 

गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ भने कर्णाली र सुदूरपश्चिमका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा ठूलो वर्षा र हिमपातसमेत हुन सक्ने सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।

पर्सि तराईका केही ठाउँहरूमा समेत मेघगर्जनसहित वर्षाको सम्भावना छ । यो समयमा यात्रा गर्दा, कृषिजन्य गतिविधि गर्दा र दैनिक क्रियाकलाप गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय