LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

चैत २३

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सदनलाई चौतारी र चिया पसलका रूपमा नलिन सांसदहरूलाई आग्रह गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले यसअघिका संसदमा सिद्धान्त कमजोर भएको पनि उल्लेख गरेका थिए।

‘यसअघिका सदन खुमलटार, बालुवाटार, बालकोटको बन्दी भएर बस्यो। संख्या मात्र गनियो’, झाले भने, ‘सिद्धान्त कमजोर रह्यो, अब सदन सिद्धान्तको हुनेछ।’

आजको बैठकमा संसदको पहिलो लहरका कुर्सी प्राय: खाली थिए। पहिलो लहरमा सांसद रहेका दलका शीर्ष नेताहरू रहन्छन्।

उनले अहिलेको संसद दक्षिण एसियाकै उत्कृष्ट भएको उल्लेख गरे। साथै ससदनमा जनताको प्रश्नले अस्तित्व पाउनुपर्ने बताए।

‘सदन चौतारी र चिया पसल होइन। जहाँ मन लाग्ने आउँछु। मन लागे बोल्छु। मन लागे बस्छु। मन नलागे जान्छु भन्ने होइन’, झाले भने, ‘सदन गुरूकुल हुनुपर्छ। विश्वविद्यालय हुनुपर्छ। होमवर्क गरेर आउँछु। म प्रश्न, प्रस्ताव लिएर प्रस्तुतीको तयारी गरेर आउँछु। जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ।’

उनले भदौ २४ गतेको घटना सम्झँदै सदनमा जनताको प्रश्नको अस्तित्व नभए जनताले सदनमा छिर्ने बताए।

‘सदनले याद गर्नुपर्ने कुरा- यदि सदनमा जनताको प्रश्नको अस्तित्व भएन भने जनता नै छिर्छन्’, झाले भने, ‘बालुवाटार र राष्ट्रपति कार्यालयभन्दा पहिला जनताको सदनमा प्रस्तुति र उपस्थिति देखियो, यो सम्झनुहोला।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय