LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको कञ्चन गाउँपालिका आयुर्वेद शाखाको आयोजनामा दुइ दिने जीवनशैली तथा तनाव व्यवस्थापनको लागि ध्यान कार्यक्रम सम्पन्न भएको छ ।
ध्यान गरौं तनाव भगाऔ, स्वास्थ्य जीवन अपनाऔं भन्ने नाराका साथ आईतबार र सोमबार भएको तनाव व्यवस्थापन कार्यक्रम आयुर्वेद चिकित्सक डा. विपी तिमिल्सिनाले आयुर्वेद सम्वन्धि प्रशिक्षण दिनुभएको थियो ।
नवराज ढकालले उहाँबाट धेरै कुरा सिक्न सकिने बताउँदै उहाँले दिएको सल्लाह थोरै मात्रैपनि ग्रहण गर्न सक्यौ भने पनि हाम्रो स्वास्थ्य, हाम्रो समाज सवैलाई रुपान्तरण गर्न सकिने भन्दै उहाँबाट सिकेका कुरा हामी सवैले आफ्नो जीवनमा प्रयोगमा ल्याउनुपर्छ भन्नुभयो ।

यसैगरी कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापाले डा. विपी तिमिल्सिनाको प्रशिक्षणबाट हामीले हाम्रो जीवनशैलीमा धेरै परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै भान्साबाटै हाम्रो जीवन सुधार गर्नुपर्ने आवश्यकता बोध भएको बताउनुभयो । उहाँले हाम्रो समाजको नकारात्मकता चिर्नका लागि पनि सकारात्मक सोँचका साथ जीवनशैली सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षण दिदै आयुर्वेद चिकित्सक डा. विपी तिमिल्सिनाले अंग्रेजी दबाईभन्दा आयुर्वेदिक दबाईले कुनै प्रत्यक्ष असर नपर्ने भन्दै स्वस्थ्य जीवनका लागि आयुर्वेद शैली अपनाउन आग्रह गर्नुभयो । उहाँले भान्सा नै ठूलो अस्पताल हो भन्दै निरागी हुन भान्सा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको संचालन कञ्चन गाउँपालिकाका प्रशासकीय अधिकृत गिरिराज अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय