LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकाले खाना पकाउने ग्याँसको विद्यमान अवस्थाका बिषयमा स्थलगत अनुगमन गरेको छ । पछिल्ला दिनमा विशेषगरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई दुःख दिने काम भइरहेको गुनासो देशब्यापी रुपमा बढिरहेको बेला कञ्चन गाउँपालिकाको पछिल्लो अवस्थाका बिषयमा अनुगमन गरिएको हो ।


कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापाको नेतृत्वमा भएको अनुगमनमा कञ्चनका कुनैपनि वडामा ग्याँसको अभाव नदेखिएको बताइएको छ । अनुगमनका क्रममा आधा आधा ग्याँस सिलिण्डर सहजरुपमा उपलब्ध गराएको पाइएको कञ्चन गाउँपालिकाले जनाएको छ ।
उपाध्यक्ष मौसमी थापाले ग्याँसको दर्ता, दररेट, ग्याँसको संख्या लगायतको बिषयमा अनुगमन गरिएकोमा कालोबजारी नभएको देखिएको र सहजरुमा ग्याँस उपलब्ध भएको देखिएको बताउनुभयो ।

सोमबार कञ्चन गाउँपालिकाका आठवटा डिलरमा कञ्चन गाउँपालिकाका प्रशासकीय अधिकृत गिरिराज अर्याल, संचारकर्मी, प्रहरी र उपभोक्ता लगायतको सहभागितामा अनुगमन गरिएको थियो ।

इरान र अमेरिकाबीच जारी युद्धका कारण अन्तर्राष्ट्रिय रुपमै ग्याँसको आपूर्तिमा समस्या देखिएपछि त्यसको प्रभाव नेपालमा पनि देखापरेको हो । यो समस्या अझै केही समय कायमै रहने आशंका गरिएको छ ।
नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति भएको दाबी गरिरहेको भएपनि उपभोक्ताले सहज रूपमा पाउन नसकेको गुनासो गरेको थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय