LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी विकास कोषले लुम्बिनीमा पर्यटक सुविधाका लागि अनुदान सहयोगमा ल्याएका विद्युतीय बस लुम्बिनीमा नचलाउने भएको छ ।

पाँचवटा बसमध्ये दुईवटा पोखरा, १/१ वटा धनगढी, सुर्खेत र नेपालगञ्ज लैजाने तयारी भएको हो । कोषले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को मौखिक निर्देशन र पर्यटन नागरिक उड्डयन मन्त्रालयको लिखित निर्देशनमा चैत २० गते पाँचवटा मध्ये दुईवटा विद्युतीय बस सञ्चालन भएका थिए ।

अर्को दिन नै कोषले चलाउन नसक्ने भन्दै पाँचवटै बस नागरिक उड्डयन प्राधिकरणलाई हस्तातरण गरेको बताएर भैरहवाको विमानस्थल प्राङ्गणमा राखिएको थियो । अहिले पनि बस विमानस्थलमै छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनी विकास कोषले नचलाए सटल बसका रूपमा चलाउन माग गरे पनि बेवास्ता भएको जनाएको छ ।

विमानस्थल प्रशासनले अन्तर्राष्ट्रिय उडान सुरु हुनुअघि नै ती बसहरू माग गरेको भए पनि प्रक्रिया अघि नबढेको जनाएको छ । एक साताअघि ती बसहरू काठमाडौं ल्याउने तयारी भएपछि स्थानीयस्तरमा विरोध चर्किएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि बस पठाउने प्रक्रिया रोकिएको थियो । तर, चैत २० गते लुम्बिनी विकास कोषले पत्रसहित सबै बस भैरहवास्थित नागरिक उड्डयन प्राधिकरणलाई बुझाएपछि पुनः अन्योल सिर्जना भएको हो ।

लामो समयदेखि यत्तिकै थन्किएका बसको मर्मतसम्भार चुनौतीपूर्ण बनेको छ । बसका सीसा फुटेका छन्, एसी बिग्रेको छ, टायरहरू पुराना भएका छन् । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय