LIVE
प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न | सैनामैनामा पहिलोपटक ‘रैथाने सडक खाना महोत्सव’ आयोजना हुने | लुम्बिनीका विद्युतीय बस अन्य सहर पठाउने तयारी, स्थानीयमा असन्तुष्टि | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा | कञ्चन गाउँपालिकामा खाना पकाउने ग्याँसको अबस्थाको बारेमा बजार अनुगमन | कञ्चनमा दुइ दिने जीवनशैली तथा तनाव व्यवस्थापनको लागि ध्यान कार्यक्रम सम्पन्न | सरकारी विज्ञापन बारेको रिटमा सर्वोच्चले सरकारलाई छलफलमा बोलायो | सदन चिया पसल र चौतारी होइन, मन लागे आउने नलागे नआउने- मनिष झा | बुधवार कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षा र हिमपातको सम्भावना | लुम्बिनी प्रदेशको राजधानी दाङमा प्रदेश सरकारको प्रशासकीय भवन निर्माण सम्पन्न |

रूपन्देहीको सैनामैना नगरपालिका ४ मुर्गियामा पहिलोपटक ‘रैथाने सडक खाना महोत्सव’ आयोजना हुने भएको छ ।
“साँझको एक छाक सैनामैना होटल व्यवसायीमाझ” भन्ने मूल नाराका साथ सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको आयोजनामा आईतबार चैत २९ देखि नयाँ बर्ष २०८३ को पहिलो दिनसम्म गरि तीन दिन सडक खाना महोत्सव गरिने भएको हो ।


चालु वर्ष २०८२ को बिदाइ तथा नयाँ वर्ष २०८३ को स्वागतलाई लक्षित गर्दै आयोजना गर्न लागिएको यस महोत्सवले स्थानीय रैथाने स्वाद, संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ । यस क्षेत्रका मौलिक परिकार र स्थानीय परम्परालाई एकै ठाउँमा प्रस्तुत गर्दै नयाँ वर्षलाई उत्सवमय वातावरणमा स्वागत गर्ने योजना बनाइएको छ ।

महोत्सवको आईतबार अपरान्ह ४ बजे सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले मुर्गियास्थित लुम्बिनी रोडमा उदघाटन गर्ने कार्यक्रम छ ।
महोत्सवको तयारीका विषयमा जानकारी दिन शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघकी अध्यक्ष माया केसीले महोत्सवमा सम्पन्न गर्न कूल २१ लाख रुपैया खर्च लाग्ने बताउँदै तयारी अन्तिम चरणमा पुगेको र सवैको साथ र सहयोगले महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो । महोत्सवको अवसरमा गैडहवा होमस्टेबाट ढिँडो, सिस्नो, सेल, कोदो तथा फापरका परिकारहरु बिशेष आकर्षणको रुपमा रहनेछ । अध्यक्ष केसीले स्थानीय मौलिक खानाको प्रवद्र्धन, आन्तरिक पर्यटनको विकास तथा स्थानीय व्यवसाय प्रवद्र्धन गर्नु महोत्सवको उद्देश्य रहेको बताउनुभयो ।

महोत्सवमा करिब ३० वटा खानाका स्टल रहनेछन । ती स्टलहरूमा सैनामैना क्षेत्र तथा आसपासका स्थानमा पाइने मौलिक रैथाने परिकारका साथै विभिन्न समुदायका विशेष स्वादहरू पनि उपलब्ध गराइने अध्यक्ष केसीले बताउनुभयो । अध्यक्ष माया केसीका अनुसार महोत्सवले स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्नुका साथै व्यवसायीहरूलाई नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ ।

सैनामैनामा पहिलोपटक फरक स्वाद र मौलिक परिकारलाई प्राथमिकता दिएर यस्तो कार्यक्रम आयोजना गर्न लागिएको बताउँदै उहाँले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने दावी गर्नुभयो ।

खाना महोत्सवमा जातजातिका आफ्नै पहिचान बोकेका खानाका परिकारहरू महोत्सवको मुख्य आकर्षण रहनेछन् । महोत्सवकै अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनेछ भने मगर र नेवार समुदायको सोरठी, थारु समुदायको परम्परागत नाच रहनेछ ।

आयोजकले तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ । सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका महासचिव तथा महोत्सवका सदस्य सचिव नवराज पन्थीको संचालनमा भएको पत्रकार सम्मेलनमा स्वागत बरिष्ठ उपाध्यक्ष हुमप्रसाद घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय