रुपन्देहीको सैनामैना नगरपालिका १ बनकट्टामा रहेको नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको उदघाटन एक समारोहका बीच जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले गर्नुभयो । त्यस अवसरमा बोल्दै प्रमुख चपाईले नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्रको चिकित्सा पद्धतीप्रति पछिल्लोसमय विरामीको आकर्षण बढिरहेको बताउँदै केन्द्रलाई अझै व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यो चिकित्सा पद्धतीप्रति विरामीको भरासो बढिरहेकोले यसलाई आगामी दिनमा अझै विस्तारै गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्रका अध्यक्ष चित्रबहादुर कार्कीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै योग तथा प्राकृतिक चिकित्सा पद्धतीको जागरण पैदा गर्नु हामी सवैको दायित्व भएको बताउँदै उपचारका लागि आउने विरामी निरोगी बन्नका लागि मात्रै नभएर निरोगीलाई दिर्घजीवी बनाउने उद्देश्य रहेको हुँदा योग, व्यायाम, ध्यान र प्राकृतिक चिकित्सा बिधाबाट रक्त शुद्धि गर्न सकिने भएकोले सवैलाई सेवा लिन आग्रह गर्नुभयो । पन्चतत्वको प्रयोगबाट उपचार हुने यो चिकित्सा केन्द्र निकै लोकप्रिय बन्दै गएकाले राज्यले थप लगानी गरेर सहयोग गर्नुपर्ने अध्यक्ष कार्कीले बताउनुभयो । यो अस्पतालले जडिबुटी उत्पादन, प्रशोधन तथा बजारीकरण समेत गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।



रुपन्देहीको सैनामैना नगरपालिका वडा नं। १ बनकट्टामा स्थापना भएको प्राकृतिक चिकित्सालय केन्द्रमा विभिन्न प्राकृतिक पद्दतीबाट उपचार हुने गरेको छ ।वि।सं। २०७६ सालबाट सेवा दिन थालेको यो चिकित्सालय ९अस्पताल० अहिले निकै लोकप्रिय बनेको छ । रुपन्देही मात्र नभएर नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत यहाँ बिरामी आउने गरेका छन् । यस अस्पतालमा, फूड थेरापी, अकुपन्चर, चुपिङ, माटो स्नान, डिलक्स हाइड्रो मसाज, पोटली मसाज, सिरोधारा, स्टीम बाथ, कट्टी बस्ती मसाज, हिप बाथ, प्लेन डिलक्स आर्म तथा फूट बाथ लगायतका पद्दतीबाट उपचार हुने गरेकोे छ ।
कुल सात विगाहा क्षेत्रफल जग्गा रहेको यो अस्पतालको पाँच बिगाहा क्षेत्रमा विभिन्न प्रजातिका जडिबुटी लगाउने काम भइरहेको अध्यक्ष कार्कीले बताउनुभयो ।
केन्द्रका सचिव रामबहादुर कुँवरको संचालनमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष श्यामबहादुर थापाले गर्नुभएको थियो भने कोषाध्यक्षको प्रतिवेदन होमादेवी पौडेलले प्रस्तुत गर्नुभएको थियो ।




