LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना, बैशाख, ५
रुपन्देहीको सैनामैना, कञ्चन र गैडहवालाई कार्यक्षेत्र बनाएको गौतमबुद्ध प्रेस क्लबले बार्षिक भित्ते पात्रो (क्यालेन्डर) विमोचन गरेको छ ।
क्लबका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षता तथा सैनामैना नगरपालिका वडा नं. ७ का वडाध्यक्ष राजकुमार चौधरीको प्रमुख आतिथ्यमा शनिवार सैनामैना ७ मा आयोजित कार्यक्रममा उक्त क्यालेन्डर बिमोचन तथा सार्वजनिक गरिएको हो ।
त्यस अवसरमा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नंं ७ का वडाध्यक्ष राजकुमार चौधरीले गौतमबुद्ध प्रेस क्लबले छोटो समयमा नै उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सञ्चार क्षेत्र समाजको ऐना भएको उल्लेख गर्दै प्रेस क्लबजस्ता संस्थाहरूले समाजमा सकारात्मक सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले स्थानीय स्तरका समस्या उजागर गर्ने, जनचेतना अभिवृद्धि गर्ने र विकासका विषयलाई प्राथमिकतामा राख्ने कार्यमा क्लबले खेलेको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले गौतमबुद्ध प्रेस क्लवले गर्ने रचनात्मक तथा सामाजिक कार्यमा वडा कार्यालय तथा आफ्नो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा क्लबका अध्यक्ष थानेश्वर घिमिरे नविनले आफू संस्था नेतृत्वमा आएपछि जिम्मेवारीपूर्वक काम गर्ने अठोटका साथ अघि बढेको बताउनुभयो । उहाँले प्रेस क्लबलाई सबैको साझा संस्था बनाउने लक्ष्यसहित काम गरिरहेको उल्लेख गर्दै सैनामैना, कन्चन र गैडहवा क्षेत्रको समग्र विकासमा सञ्चार माध्यममार्फत सकारात्मक योगदान पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


अध्यक्ष घिमिरले गौतमबुद्ध प्रेस क्लवले केवल समाचार सम्प्रेषण गर्ने मात्र होइन, समाजलाई सही दिशातर्फ डो¥याउने जिम्मेवारी पनि बोकेको उल्लेख गर्दै आगामी दिनमा क्लबले पत्रकारहरूको क्षमता अभिवृद्धि, निष्पक्ष पत्रकारिता प्रवद्र्धन तथा स्थानीय मुद्दाहरूलाई राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्य राखेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा क्लबका सल्लाहकारहरु छवि पाण्डे, डिआर पन्थी, टिका खरेल र जगिलाल थापा, कार्यसमिति सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले प्रेस क्लबको सक्रियता र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई सकारात्मक रूपमा लिँदै क्लवले आगामी दिनमा अझ प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । क्लवका सचिव नरेश चौधरीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन क्लवका महासचिव अनिल पहाडीले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय