LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना,५,बैशाख
रुपन्देहीको सैनामैना नगरपालिका ११ बनकट्टीमा रहेको सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको पाँचौ बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन शनिवार भएको छ ।
दोस्रो अबिधेशनबाट शिव घिमिरेको अध्यक्षतामा ९ सदस्यिय समिति सर्व सम्मत चयन गरिएको छ । जस्को उपाध्यक्षमा तेजेन्द्रनाथ पाण्डे, सचिबमा रामप्रसाद पोख्रेल, कोषाध्यक्षमा धना सामकोटा र सह सचिबमा नगेन्द्र गैरे रहनु भएको छ । त्यस्तै सदस्यहरुमा साबित्रा आचार्य, शिवम घिमिरे, लोकमणि भट्टराई, राधिका अर्याल रहनुभएको छ भने बाकी ४ जना पदेन सदस्य रहने निवार्चन समिति संयोजक रामप्रसाद भुषालले बताउनु भयो ।


समितिका अध्यक्ष नरीश्वर पाण्डेको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नंं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले बोल्दै हाम्रा मन्दिरहरु धार्मिक आस्थाको केन्द्र रहेको बताउँदै मन्दिरको विकासका लागि आगामी दिनमा नयाँ नेतृत्वले अझै धेरै काम गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

समिति उपाध्यक्ष चन्द्रबहादुर जिसीले स्वागत गर्नुभएको कार्यक्रममा गोविन्द पोखरेल, राधिका पोखरेल, कृष्णप्रसाद घिमिरे, पुनाराम घिमिरे, थानेश्वर घिमिरे र शिवलाल घिमिरेले साधारण सभा सफलताको शुभकामना दिदै अधिवेशनबाट आउने नेतृत्वले मन्दिरको विकास, विस्तारमा रचनात्मक र प्रभावकारी काम गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय