LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना,५,बैशाख
रुपन्देहीको सैनामैना नगरपालिका ११ बनकट्टीमा रहेको सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको पाँचौ बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन शनिवार भएको छ ।
दोस्रो अबिधेशनबाट शिव घिमिरेको अध्यक्षतामा ९ सदस्यिय समिति सर्व सम्मत चयन गरिएको छ । जस्को उपाध्यक्षमा तेजेन्द्रनाथ पाण्डे, सचिबमा रामप्रसाद पोख्रेल, कोषाध्यक्षमा धना सामकोटा र सह सचिबमा नगेन्द्र गैरे रहनु भएको छ । त्यस्तै सदस्यहरुमा साबित्रा आचार्य, शिवम घिमिरे, लोकमणि भट्टराई, राधिका अर्याल रहनुभएको छ भने बाकी ४ जना पदेन सदस्य रहने निवार्चन समिति संयोजक रामप्रसाद भुषालले बताउनु भयो ।


समितिका अध्यक्ष नरीश्वर पाण्डेको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नंं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले बोल्दै हाम्रा मन्दिरहरु धार्मिक आस्थाको केन्द्र रहेको बताउँदै मन्दिरको विकासका लागि आगामी दिनमा नयाँ नेतृत्वले अझै धेरै काम गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

समिति उपाध्यक्ष चन्द्रबहादुर जिसीले स्वागत गर्नुभएको कार्यक्रममा गोविन्द पोखरेल, राधिका पोखरेल, कृष्णप्रसाद घिमिरे, पुनाराम घिमिरे, थानेश्वर घिमिरे र शिवलाल घिमिरेले साधारण सभा सफलताको शुभकामना दिदै अधिवेशनबाट आउने नेतृत्वले मन्दिरको विकास, विस्तारमा रचनात्मक र प्रभावकारी काम गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय