LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

 वैशाख १२ गते

घोराहीमा सम्पन्न ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता–२०८३’ मा पुरुषतर्फ नेपाली सेनाका खड्गबहादुर खड्का र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने विजेता बन्नुभएको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार घोराहीमा भएको प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ नेपाली सेनाका खेलाडी प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । पुरुषतर्फ खड्काले १० किलोमिटर दूरी ३० मिनेट ३३ सेकेन्डमा पूरा गर्नुभयो भने महिलातर्फ न्यौपानेले ३६ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्नुभयो । प्रथम हुने दुवैले ८०÷८० हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी, पुरुषतर्फ सशस्त्र प्रहरीका रुपेश कार्कीले ३१ मिनेट १३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गर्दा नेपाली सेनाका उमेश थापा ३१ मिनेट ५२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थानमा रहनुभयो ।

महिलातर्फ नेपाली सेनाकी निर्मला केसी ३७ मिनेट ४५ सेकेन्डका साथ दोस्रो हुँदा एपिएफकी सम्झना गुरुङ ३९ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो हुनुभयो । दोस्रो र तेस्रो हुने पुरुष तथा महिला खेलाडीलाई क्रमशः ४५ हजार र २५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

पुरुषतर्फ नेपाली सेनाका अक्कल पालले ३२ मिनेट २ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान हासिल गर्दा महिलातर्फ एपिएफकी फूलमाया रानाले ३९ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान प्राप्त गर्नुभयो । सान्त्वना स्थान प्राप्त गर्ने दुवै खेलाडीलाई १५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

पुरस्कार वितरण समारोहमा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले खेलकुदको विकास, विस्तार तथा नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले विगत वर्षको तुलनामा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको उल्लेख गर्दै आगामी दिनमा अझै बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराउने बताउनुभयो ।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा खुला समूहबाट एक हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय