LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

२०, बैशाख , पोखरा ।
कस्मेटिक व्यवसायी संघ कास्कीको १२औँ साधारणसभा सम्पन्न भएको छ । कस्मेटिक व्यवसायी संघ कास्कीका अध्यक्ष लक्ष्मण आचार्यको अध्यक्षता र पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष उमराज बास्तोलाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।


साधारणसभाको अवसरमा कक्षा १२ उत्तीर्ण गरेका एक जना छात्रा र पुराना ब्यबसायीहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि उमराज बास्तोला   सहित पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, थोक ब्यबसायी संघका अध्यक्ष उषा तिमिल्सिना, थोक ब्यबसायी संघका अध्यक्ष रमेश पौडेल, कस्मेटिक ब्यबसायी संघका पुर्ब अध्यक्ष प्रेम सुवेदी, सस्थापक अध्यक्ष विष्णु बास्तोला, दुर्गा बराल लगायतले व्यावसायिक हक हित बारे बोलेका थिए ।
साधारणसभाले महासचिव सांगठनिक प्रतिबेदन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरेको छ ।
शारदा बराल भुजेलको संयोजकत्वमा भएको कार्यक्रममा अध्यक्ष लक्ष्मण आचार्यले स्वागत गरेका थिए भने सञ्चालन संस्थाका महासचिव हेमराज बरालले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय