LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

कञ्चन, २२, बैशाख

सरकारले सुकुम्वासी र अव्यस्थित बसोबासीहरुलाई डोजर प्रयोग गरी हटाउने काम थालेपछि रुपन्देहीको कञ्चन गाउँपालिकाका हजारौं सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारहरु आन्दोलित भएका छन ।
कञ्चन गाउँपालिकामा समेत जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई हटाउने नियतले पत्र पठाएपछि कञ्चन गाउँपालिकामा बसोबास गर्ने सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालमार्फत जिल्ला प्रशासन कार्यालय रुपन्देही र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन ।

कञ्चनका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले मंगलवार कञ्चन गाउँपालिका कार्यालयमा प्रदर्शन गर्दै सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दे, भूमि आयोगले गरेको नापजाँचको काम कार्यान्वयन गर, डोजर आतंक बन्द गर जस्ता नारा लगाएका थिए ।
पालिका   अध्यक्ष नवराज ढकाललाई ज्ञापनपत्र बुझाउँदै कार्यक्रममा बोल्ने बक्ताहरुले दुई तिहाई बहुमतको रास्वपा सरकारको पहिलो प्राथमिकता नागरिकको गास बास र कपासको हुनुपर्नेमा जनताको घर उजाडने काम गर्न थालेको भन्दै उक्त कार्यको भत्र्सना गर्नुभएको थियो ।

कञ्चनका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले ज्ञापनपत्र बुझाएपछि बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले विगतमा कञ्चनको सवै वडाको जग्गा नापजाँच गरि केही जनतालाई पुर्जा वितरण गरेको र छिटै पुर्जा वितरण गर्ने तयारीमा पुगेको उल्लेख गर्दै सरकारले लिएको पछिल्लो नीतिले आफूलाई समेत स्तब्ध बनाएको बताउनुभयो । उहाँले कञ्चनका सुकुम्वासी र अव्यस्थित बसोबासीको विरुद्ध आफू कुनैपनि अवस्था नउभिने र डोजर नचलाउने प्रतिवद्धता जनाउँदै त्यो अवस्था आएको खण्डमा आफू समेत कञ्चनका हजारौं सुकुम्वासीको पक्षमा आन्दोलित हुने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेकपा एमालेका नेता गोकर्णबहादुर क्षेत्रीले जनताले ठूलो आशा र विश्वासका साथ रास्वपालाई जिताएर पठाएको भन्दै तर रास्वपाले बहुमतको दम्भमा आफ्नै देशका नागरिकमाथि दमन गर्न लागेको आरोप लगाउनु भयो । उहाँले आवश्यक परे कञ्चनका जनताले रास्वपाका संघीय सांसदहरुलाई कञ्चन प्रवेशमा रोक लगाउन सक्ने तागत राख्ने भन्दै कञ्चनका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पीडामाथि खेलवाड नगर्न चेतावनी दिनुभयो ।

उहाँले कञ्चनका सवै राजनैतिक दलहरु सुकुम्वासी समस्या समाधानका लागि निरन्तर लाग्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले विगतमा पनि खबरदारी गर्दै आएको र भोलीपनि खबरदारी गर्ने बताउनुभयो । उहाँले सुकुम्वासीको समस्या समाधान नगरे सडक आन्दोलनबाट सरकारविरुद्ध खबरदारी गर्ने समेत चेतावनी दिनुभयो ।
स्थानीय कञ्चनका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले नेपाली कांग्रेसका कञ्चनका नेता देवीराम रेग्मीको संयोजकत्वमा संघर्ष समिति समेत गठन गरेका छन ।
त्यसैगरी मंगलबार कञ्चनमा भएको सर्वदलीय बैठकले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यस्थित बसोबासीको सन्दर्भमा नेपाल सरकाबाट भए गरेका परिपत्र तथा सुकुम्वासी र अव्यवस्थित बसोबासीको नाममा भएको धरपकडले सुकुम्वासी परिवारको मानव अधिकार उल्लंघन भएकोमा घोर भत्र्सना गरेको छ ।
साथै बैठकले नागरिकको बाँच्न पाउने र आवासको अधिकारको सम्मान गर्दै विगतदेखिका समस्या समाधानका लागि कञ्चनबासी सवै एकताबद्ध भएर अघि बढ्ने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय