LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

बुटवल, जेठ २ गते । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ काहुले विसौना जन्मघर भई हाल बुटवल ९ मिलनचोक निवासी छोरा रामप्रसाद पाण्डे, बुहारी शर्मिला पाण्डे, नाति प्रमाण पाण्डे, नातिनी बुहारी सुनिता पाण्डे र नाती प्रतीक पाण्डेले बुबा आमा र हजुरबुबा हजुर आमाको नाममा स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

आर्थिकरुपमा विपन्न तर जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले छत्रदेव ७ काहुले भुस्कातमा रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले शिवकला गुणानीधि जेहेन्दार अक्षयकोष २०८३ स्थापना गरिएको हो ।
१ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोषबाट आउने ब्याजको रकम हरेक बर्ष उक्त विद्यालयको एकजना उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिनेछ ।
शुक्रबार विद्यालयमा आयोजित एक समारोहका बीच अक्षयकोष स्थापना गर्नुहुने रामप्रसाद पाण्डे र शर्मिला पाण्डेको तर्फबाट उक्त रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पाण्डेलाई हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा बोल्दै अक्षयकोषका संस्थापक रामप्रसाद पाण्डेले भौगोलिक रुपमा विकट उक्त विद्यालयको बालबालिकालाई थोरै भएपनि प्रोत्साहन गर्ने उद्देश्यले बुबा आमाको नाममा अक्षयकोष स्थापना गरेको बताउनु भयो ।
उहाँले आफूले पनि सोही स्कुलमा अध्ययन गरेकोले अहिले जहाँ बसेपनि जन्मस्थान भएको गाउँमा केही भएपनि सामाजिक क्षेत्रमा योगदान गरौं भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको बताउनुभयो ।

यस्तै अक्षयकोष संस्थापक शर्मिला पाण्डेले भौगोलिक रुपमा विकट गाउँका जेहेन्दार विद्यार्थीलाई अध्ययनमा थोरै भएपनि प्रोत्साहन होस भन्ने उद्देश्यले परिवारको तर्फबाट अक्षयकोष स्थापना गरेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पाण्डेले पहाडबाट बसाई सराई गर्ने क्रम बढिरहेको बेला गाउँका स्कुलमा विद्यार्थी टिकाउन समस्या परिरहेको अवस्थामा यस प्रकारको अक्षयकोष स्थापनाले विद्यालयलाई पनि हौसला र प्रोत्साहन मिलेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पाण्डेले अक्षयकोष स्थापनाले गरिव तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग पुग्ने बताउँदै यस्तो पवित्रा काम गर्नुभएकोमा पाण्डे परिवारलाई धन्यबाट सहित आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा रिपोर्टस क्लवका लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीले पवित्र उद्देश्यले स्थापना गरिएका यस्ता अक्षयकोषले समाजमा अरुलाई पनि यस्तो काम गर्न प्रेरणा प्रदान गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

पत्रकार छविलाल पाण्डेले आफ्नो सिंगो जीवन भगवती काहुलेमा बिताउनु भएका हजुरबुबा र हजुरआमाको स्मृतिमा स्थापना गरिएको अक्षयकोषबाट विद्यार्थीलाई प्रोत्साहन मात्रै नभै अहिलेको नयाँ पुस्तालाई यस प्रकारकोे सामाजिक र पवित्र काम गर्नुपर्दछ भन्ने सन्देश दिएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, संचालक समितिका सदस्यहरु, स्थानीय अभिभावक, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय