LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

५ जेठ, गुल्मी
गुल्मी गाउँपालिकासत्यवती  वडा नं. ३ ठूलो लुम्पेकमा सिप सिकौं, स्वरोजगार बनौं भन्ने उद्धेश्यका साथ स्थानीय कृषि उपजबाट अचार बनाउने ५ दिने तालिम सम्पन्न भएको छ। सत्यवती गाउँपालिकाको आर्थिक वर्ष २०८२०८३ को स्विकृत कार्यक्रको लागत सोझेदारीमा आधारित अनौपचारिक शिक्षा तथा आजिवन सिकाई कार्यक्रम अन्तगर्त सञ्चालित तालिममा २० जना महिलाहरुले सहभागिता जनाएका थिए।

ल्हुम्पेक सामुदायिक सिकाई केन्द्र, सत्यवती गाउँपालिका–३ गुल्मीको आयोजनामा सञ्चालित ५ दिने अचार बनाउने तालिमको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति गुल्मीका सदस्य नरमाया रानाले सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। घरमै उपलब्ध स्थानीय ५ जेठ, गुल्मी
गुल्मी सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा सिप सिकौं, स्वरोजगार बनौं भन्ने उद्धेश्यका साथ स्थानीय कृषि उपजबाट अचार बनाउने ५ दिने तालिम सम्पन्न भएको छ। सत्यवती गाउँपालिकाको आर्थिक वर्ष २०८२०८३ को स्विकृत कार्यक्रको लागत सोझेदारीमा आधारित अनौपचारिक शिक्षा तथा आजिवन सिकाई कार्यक्रम अन्तगर्त सञ्चालित तालिममा २० जना महिलाहरुले सहभागिता जनाएका थिए।
ल्हुम्पेक सामुदायिक सिकाई केन्द्र, सत्यवती गाउँपालिका–३ गुल्मीको आयोजनामा सञ्चालित ५ दिने अचार बनाउने तालिमको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति गुल्मीका सदस्य नरमाया रानाले सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। घरमै उपलब्ध स्थानीय कृषि उपजको सदुपयोग गर्दै आयआर्जन गर्न सकिने भएकाले यस्ता तालिमलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति गुल्मीका सदस्य समेत रहनु भएका रानाले अचार बनाउने सीप केवल घरेलु प्रयोगमा सीमित नभई व्यवसायिक रूपमा समेत अघि बढाउन सकिने उल्लेख गर्दै समूहमा उत्पादन, प्याकेजिङ र बजारीकरणमा ध्यान दिन सके महिलाहरूको आर्थिक अवस्था सुदृढ हुने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै सत्यवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जित बहादुर तरामुले महिलाहरूको क्षमता विकास तथा आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम आवश्यक रहेको बताउनु भएको थियो। ल्हुम्पेक सामुदायिक सिकार्ए केन्द्र, ठूलो लुम्पेक व्यबस्थाप समितिका अध्यक्ष समेत रहनु भएका वडा अध्यक्ष तरामुले स्थानीय स्तरमा उपलब्ध कृषि उत्पादनलाई उपयोग गरी घरेलु उद्योग सञ्चालन गर्न सकिने बताउँदै महिलाहरू आत्मनिर्भर बन्न अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्दै ५ दिने अचार बनाउने तालिमले सहभागी महिलाहरूलाई व्यवहारिक ज्ञान र आत्मविश्वास प्रदान गरेको उल्लेख गर्दै सिकेको सीपलाई आयआर्जनसँग जोड्न आग्रह गर्नुभएको थियो।
यस्तै सत्यवाती गाउँपालिका वडा नं. ३ का वडा सदस्य अर्जुन तरामुले आफुले सिकेको ज्ञान र सीपलाई अन्य महिलासम्म पनि विस्तार गर्न सहभागीहरूलाई अनुरोध गर्दै हरेक सिकाईलाई आर्थिक उपार्जनसंग जोड्न सकेमात्र स्वारेजगार बन्न सकिने उल्लेख गर्नु भएको थियो।
यस्तै लुम्पेक कृर्षि बहुउद्धेश्य सहकारी संस्था लिमिटेड, सत्यवती ३ ठूलो लुम्पेकका अध्यक्ष मतिप्रसाद श्रीसले घरेलु उत्पादन बनेका हरेक खाध्य परिकारहरु बढी प्राकृतिक र सन्तुलित आहार समेत हुने भएकोले स्थानीय कृषि उपजहरुको उपयोगले बजार व्यबस्थापन पनि सहज हुने बताउनु भएको थियो।
कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट प्रशिक्षार्थी पासाङ्ग सिंजालीले महिलाहरुलाई आत्मनिर्भरताका लागि स्वरोजगारसंगै व्यबसायिक बनाउन तालिम बढी उपयोेगी हुने महसुस गरेको र आगामी दिनहरुमा पनि ल्हुम्पेक सामुदायिक सिकाई केन्द्रले समुदायको आवश्यकता अनुसार विभिन्न सीपमूलक तथा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नु भएको थियो।
यसैगरी कार्यक्रममा वडा सदस्य ओम बहादुर सिंजापती, ठूलो लुम्पेक पशु सेवा ईकाईका पशु प्राविधिक निम बहादुरसुनार, सामाजिक अगुवा लोक बहादुर सुनार, प्रशिक्षक मिना बोहोरा सिंजाली, प्रशिक्षार्थी यममाया तरामु लगायतले सिकेको सिपलाई लघुउद्यमसंग जोडेर लैजान आवस्यक रहेको र कुनै पनि सिप सिक्नलाई मात्र सिक्नुको कुनै अर्थ नरहने र सिकेको ज्ञानलाई व्यवहारमा लागू गरी सफल उद्यमी बन्न सहभागीहरूलाई आग्रह गर्नु भएको थियो ।
ल्हुम्पेक सामुदायिक सिकाई केन्द्र, व्यबस्थापन समितिका सदस्य तेज कुमारी थापाको स्वागत तथा केन्द्रका परिचालक शान्ती श्रीसको सञ्चालनमा भएको उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुद्वारा तयार गरिएको अचारको समेत प्रदर्शन गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय