LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

दलित महिलाहरूको सामाजिक, आर्थिक तथा नेतृत्व विकास गर्ने उद्देश्यले सैनामैनाको वडा नं. ११ मा सशक्तिकरण तालिम सुरू भएको छ ।
दलित उत्थान समिति सैनामैनाको आयोजना तथा वडा नं. ११ को समन्वयमा तालिम संचालन भएको हो । तालिमको पहिलो दिन कार्यक्रमको उदाटन गर्दै प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष राम प्रसाद भुषालले दलित महिलाहरू समाज परिवर्तनका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै तालिमले महिलाहरूलाई आत्मनिर्भर र सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले महिलाहरूको सहभागिता बिना समृद्ध समाज निर्माण सम्भव नभएको बताउनुभयो ।

सो अवसरमा प्रशिक्षक सुरेन्द्र परियारले तालिमले सहभागिहरुलाइ आत्मविश्वास बढाउने, आफ्ना अधिकारप्रति सचेत बनाउने तथा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्ने बताउनुभयो ।


संस्थाका अध्यक्ष अनिल पहाडीले तालिम अबधिभर वडाबाट सहभागी भएका महिलाहरूलाई नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, महिला अधिकार, उद्यमशीलता, सीप विकास तथा सामाजिक सचेतनासम्बन्धी प्रशिक्षण प्रदान गरिने बताउनुभयो ।

३ दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षकहरूले व्यवहारिक तथा सहभागितामूलक सिकाइमार्फत विभिन्न विषयमा सहजिकरण गर्नेछन् ।
उद्घाटन कार्यक्रम संस्थाको वडा न. ११ कि अध्यक्ष सुमित्रा परियारको अध्यक्षता, वडा न. ११ का वडाअध्यक्ष राम प्रसाद भुषालको प्रमुख आतिथ्यता तथा सैनामैना दलित उत्थान समितिका उपाध्यक्ष जुद्ध बिश्वकर्मा, नगरसमिति सल्लाहकार मोहन विक, वडा सचिब नविन कुमार शाक्य लगायतले बोल्नुभएको थियो ।
वडा कार्यालयमा संचालन भइरहेको सो तालिममा ४० जना प्रशिक्षार्थि सहभागि छन् । कार्यक्रम संस्थाका नगर सल्लाहकार मोहन वि.को स्वागत तथा नगर समिति महासचिब कमला सुनारको संचालनमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय