LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

दलित महिलाहरूको सामाजिक, आर्थिक तथा नेतृत्व विकास गर्ने उद्देश्यले सैनामैनाको वडा नं. ११ मा सशक्तिकरण तालिम सुरू भएको छ ।
दलित उत्थान समिति सैनामैनाको आयोजना तथा वडा नं. ११ को समन्वयमा तालिम संचालन भएको हो । तालिमको पहिलो दिन कार्यक्रमको उदाटन गर्दै प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष राम प्रसाद भुषालले दलित महिलाहरू समाज परिवर्तनका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै तालिमले महिलाहरूलाई आत्मनिर्भर र सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले महिलाहरूको सहभागिता बिना समृद्ध समाज निर्माण सम्भव नभएको बताउनुभयो ।

सो अवसरमा प्रशिक्षक सुरेन्द्र परियारले तालिमले सहभागिहरुलाइ आत्मविश्वास बढाउने, आफ्ना अधिकारप्रति सचेत बनाउने तथा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्ने बताउनुभयो ।


संस्थाका अध्यक्ष अनिल पहाडीले तालिम अबधिभर वडाबाट सहभागी भएका महिलाहरूलाई नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, महिला अधिकार, उद्यमशीलता, सीप विकास तथा सामाजिक सचेतनासम्बन्धी प्रशिक्षण प्रदान गरिने बताउनुभयो ।

३ दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षकहरूले व्यवहारिक तथा सहभागितामूलक सिकाइमार्फत विभिन्न विषयमा सहजिकरण गर्नेछन् ।
उद्घाटन कार्यक्रम संस्थाको वडा न. ११ कि अध्यक्ष सुमित्रा परियारको अध्यक्षता, वडा न. ११ का वडाअध्यक्ष राम प्रसाद भुषालको प्रमुख आतिथ्यता तथा सैनामैना दलित उत्थान समितिका उपाध्यक्ष जुद्ध बिश्वकर्मा, नगरसमिति सल्लाहकार मोहन विक, वडा सचिब नविन कुमार शाक्य लगायतले बोल्नुभएको थियो ।
वडा कार्यालयमा संचालन भइरहेको सो तालिममा ४० जना प्रशिक्षार्थि सहभागि छन् । कार्यक्रम संस्थाका नगर सल्लाहकार मोहन वि.को स्वागत तथा नगर समिति महासचिब कमला सुनारको संचालनमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय