LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना ६ मा अबस्थित जनकल्याण माबिमा पुर्ब बिधार्थी समाज पुनर्गठन गरिएकाे छ।

बिधालयका पुर्ब बिधार्थि सुरेन्द्र परियारकाे अध्यक्षतामा समाज पुनर्गठन गरिएकाे हाे ! जसकाे उपाध्यक्षमा सागर लम्साल, सचिबमा पुजा घिमिरे तथा सदस्यहरूमा अमृता भट्टराई , प्रतिमा पाण्डे,सागर न्याैपाने, पर्शुराम चाैधरी, राधिका भट्टराई , अशाेक चाैधरी, कृति काेइराला,अम्बिका सुवेदी, लक्ष्मण खनाल,सन्ताेष खनाल र दुर्गा भुषाल रहनुभएकाे छ।

यस्तै ५ सदस्यीय सल्लाहकार समिति समेत चयन भएकाे छ। जसमा गुणाखर भट्टराई, महेश अधिकारी, खेम लम्साल,गाेबिन्द खनाल र गाेपाल पाेख्रेल रहनुभएकाे छ ।

सामाजिक बिकाश डिभिजन कार्यालय रूपन्देहीकाे सहयोगमा ` मेराे बिधालय-मेराे दायित्व´ कार्यक्रम अन्तर्गत बिधालयमा अायाेजित पुर्ब बिधार्थीहरूकाे भेला एबं अन्तरक्रिया कार्यक्रमबाट नया नेतृत्व चयन भएकाे हाे ।

साे अन्तरक्रिया कार्यक्रममा बाेल्दै मानव अधिकार तथा सान्ति समाजका पुर्व केन्द्रीय सभापति गाेबिन्द खनालले मेरो विद्यालय, मेरो दायित्व” अभियानले विद्यालयको समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयाे । बिधालयका पुर्ब बिधार्थी समेत रहनुभएका उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीहरूको भविष्य निर्माणमा पूर्व विद्यार्थीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्नुभयो।

साे अबशरमा बाेल्दै बिधालय व्यबस्थापन समितिका अध्यक्ष गाेपाल पाेख्रेलले विद्यालयप्रति अपनत्व र जिम्मेवारीको भावना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै पूर्व विद्यार्थीहरूलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गर्नुभयो।

साेहि अबशरका बिधालयका प्रधानाध्यापक अर्जुन प्रसाद पाेख्रेलले विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक विकासका लागि पूर्व विद्यार्थीहरूको साथ, सहयोग र सुझाव आवश्यक रहेको बताउनुभयो। उहाले विद्यालयले उत्पादन गरेका विद्यार्थीहरू विभिन्न क्षेत्र र देशमा रहेर सफलता हासिल गरिरहेको उल्लेख गर्दै विद्यालयप्रति उनीहरूको अपनत्व र जिम्मेवारी अझै जीवित रहेको देख्दा खुशी लागेको धारणा राख्नुभयो।

उहाँले पूर्व विद्यार्थीहरूलाई विद्यालयको गुणस्तर अभिवृद्धि, विद्यार्थी प्रेरणा तथा आवश्यक पूर्वाधार विकासमा निरन्तर सहकार्य गर्न आग्रह गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा सल्लाहकार समितिका प्रमुख बुद्धिराम चाैधरी , पुर्ब बिधार्थीहरू गुणाखर भट्टराई, खेम लम्साल, महेश अधिकारी, पुजा घिमिरे लगायतले बाेल्दै विद्यालयप्रति पूर्व विद्यार्थीहरूको दायित्व अझ बढेको बताएका थिए !

उनीहरूले विद्यालयले दिएको शिक्षा, संस्कार र अवसरलाई कहिल्यै भुल्न नसकिने उल्लेख गर्दै अब विद्यालयको विकासमा सबैले आ–आफ्नो ठाउँबाट साथ दिनुपर्ने धारणा राखेका थिए ।

वक्ताहरूले पूर्व विद्यार्थीहरू एकजुट भएर विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक विकास तथा विद्यार्थीहरूको भविष्य निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा साे बिधालयबाट विभिन्न समयमा अध्ययन पूरा गरी गएका पुर्ब बिधार्थीहरूकाे उपस्थिति थियाे ।

साे कार्यक्रम बिधालय व्यबस्थापन समितिका अध्यक्ष गाेपाल पाेख्रेलकाे अध्यक्षता, एबं शिक्षिका पुजा घिमिरेकाे स्वागत तथा सिक्षक पर्शुराम चाैधरीकाे संचालनमा भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय