LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

सैनामैना ६ मा अबस्थित जनकल्याण माबिमा पुर्ब बिधार्थी समाज पुनर्गठन गरिएकाे छ।

बिधालयका पुर्ब बिधार्थि सुरेन्द्र परियारकाे अध्यक्षतामा समाज पुनर्गठन गरिएकाे हाे ! जसकाे उपाध्यक्षमा सागर लम्साल, सचिबमा पुजा घिमिरे तथा सदस्यहरूमा अमृता भट्टराई , प्रतिमा पाण्डे,सागर न्याैपाने, पर्शुराम चाैधरी, राधिका भट्टराई , अशाेक चाैधरी, कृति काेइराला,अम्बिका सुवेदी, लक्ष्मण खनाल,सन्ताेष खनाल र दुर्गा भुषाल रहनुभएकाे छ।

यस्तै ५ सदस्यीय सल्लाहकार समिति समेत चयन भएकाे छ। जसमा गुणाखर भट्टराई, महेश अधिकारी, खेम लम्साल,गाेबिन्द खनाल र गाेपाल पाेख्रेल रहनुभएकाे छ ।

सामाजिक बिकाश डिभिजन कार्यालय रूपन्देहीकाे सहयोगमा ` मेराे बिधालय-मेराे दायित्व´ कार्यक्रम अन्तर्गत बिधालयमा अायाेजित पुर्ब बिधार्थीहरूकाे भेला एबं अन्तरक्रिया कार्यक्रमबाट नया नेतृत्व चयन भएकाे हाे ।

साे अन्तरक्रिया कार्यक्रममा बाेल्दै मानव अधिकार तथा सान्ति समाजका पुर्व केन्द्रीय सभापति गाेबिन्द खनालले मेरो विद्यालय, मेरो दायित्व” अभियानले विद्यालयको समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयाे । बिधालयका पुर्ब बिधार्थी समेत रहनुभएका उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीहरूको भविष्य निर्माणमा पूर्व विद्यार्थीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्नुभयो।

साे अबशरमा बाेल्दै बिधालय व्यबस्थापन समितिका अध्यक्ष गाेपाल पाेख्रेलले विद्यालयप्रति अपनत्व र जिम्मेवारीको भावना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै पूर्व विद्यार्थीहरूलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गर्नुभयो।

साेहि अबशरका बिधालयका प्रधानाध्यापक अर्जुन प्रसाद पाेख्रेलले विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक विकासका लागि पूर्व विद्यार्थीहरूको साथ, सहयोग र सुझाव आवश्यक रहेको बताउनुभयो। उहाले विद्यालयले उत्पादन गरेका विद्यार्थीहरू विभिन्न क्षेत्र र देशमा रहेर सफलता हासिल गरिरहेको उल्लेख गर्दै विद्यालयप्रति उनीहरूको अपनत्व र जिम्मेवारी अझै जीवित रहेको देख्दा खुशी लागेको धारणा राख्नुभयो।

उहाँले पूर्व विद्यार्थीहरूलाई विद्यालयको गुणस्तर अभिवृद्धि, विद्यार्थी प्रेरणा तथा आवश्यक पूर्वाधार विकासमा निरन्तर सहकार्य गर्न आग्रह गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा सल्लाहकार समितिका प्रमुख बुद्धिराम चाैधरी , पुर्ब बिधार्थीहरू गुणाखर भट्टराई, खेम लम्साल, महेश अधिकारी, पुजा घिमिरे लगायतले बाेल्दै विद्यालयप्रति पूर्व विद्यार्थीहरूको दायित्व अझ बढेको बताएका थिए !

उनीहरूले विद्यालयले दिएको शिक्षा, संस्कार र अवसरलाई कहिल्यै भुल्न नसकिने उल्लेख गर्दै अब विद्यालयको विकासमा सबैले आ–आफ्नो ठाउँबाट साथ दिनुपर्ने धारणा राखेका थिए ।

वक्ताहरूले पूर्व विद्यार्थीहरू एकजुट भएर विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक विकास तथा विद्यार्थीहरूको भविष्य निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा साे बिधालयबाट विभिन्न समयमा अध्ययन पूरा गरी गएका पुर्ब बिधार्थीहरूकाे उपस्थिति थियाे ।

साे कार्यक्रम बिधालय व्यबस्थापन समितिका अध्यक्ष गाेपाल पाेख्रेलकाे अध्यक्षता, एबं शिक्षिका पुजा घिमिरेकाे स्वागत तथा सिक्षक पर्शुराम चाैधरीकाे संचालनमा भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय