LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

गौतमबुद्ध प्रेस क्लव सैनामैना रुपन्देहीको आयोजनामा रुपन्देहीको सैनामैना २ स्थित बाबरी पार्टी प्यालेसमा भएको क्षमता विकास तालिम शुक्रबार सम्पन्न भएको छ ।
गत जेठ ३० गतेदेखि असार ५ गते शुक्रबारसम्म भएको एक साताको तालिममा सैनामैना, कञ्चन र गैडहवाका २५ बढी संचारकर्मीको सहभागिता रहेको थियो ।
शुक्रबार तालिमको समापन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले क्षमता विकास तालिम व्यावसायीक पत्रकारिताको विकासमा अत्यन्त महत्वपूर्ण उपलब्धि भएको बताउँदै तालिमबाट सिकेको सिप र ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले तालिमबाट समाजमा हुने अपराध नियन्त्रण, विकृति र बिसंगतिको अन्त्यका लागि खेल्नुपर्ने भूमिकाको विषयमा सिकाईका साथै आगामी दिनमा सैनामैनाको धार्मिक, पर्यटन, वातावरण लगायत खोजीमूलक समाचारमार्फत सैनामैनाको विकासमा तालिमको भूमिका अत्यन्त महत्वपूर्ण हुने विश्वास ब्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा गौतमबुद्ध प्रेस क्लवका अध्यक्ष तथा साझा टेलिभिजन एचडीका स्टेशन म्यानेजर नविन घिमिरेले एक सातासम्म सिकेको कुरा तालिममा मात्रै सीमित नगरिदिन आग्रह गर्दै यो तालिमलाई व्यवहारमा देखाउन अनुरोध गर्नुभयो । पत्रकार समाज सुधारक पनि हो र हाम्रो समाज हामीले नै सुधार गर्ने हो भन्दै अध्यक्ष घिमिरेले यो तालिम सुरुवात मात्रै हो र भोलिको दिनमा अझै परिस्कृत तालिम दिने प्रतिवद्धता जनाउनु भयो । उहाँले सैनामैना नगरपालिकाले तालिमका लागि सहयोग गरेकोमा आभार ब्यक्त गर्दै भोलिको दिनमा समेत साथ र सहयोग प्राप्त हुने विश्वास ब्यक्त गर्नुभयो ।

गौतमबुद्ध प्रेस क्लवका सल्लाहकार छवि पाण्डेले तालिमबाट पाएको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । समापन कार्यक्रमको संचालन महासचिव अनिल पहाडीले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष कृष्ण भण्डारीले गर्नुभएको थियो । सात दिनसम्म आयोजना भएको तालिममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक जनकबहादुर शाही, एआई विज्ञ अमृत रानाभाट, छवि पाण्डे, युवराज कँडेल, अमृता अनमोल, कृष्ण भण्डारी र जगीलाल थापाले तालिममा प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय