LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका ८ बाँसगढीमा रहेको बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष भीमकान्त न्यौपानेले मानव स्वास्थ्यका लागि सरसफाई धेरै महत्वपूर्ण कुरा भएकोले संस्थाले सरसफाई सामाग्री वितरण गरेको बताउँदै आगामी दिनमा नगरपालिका, स्थानीय उपभोक्ता र टोल विकास संस्था सवैको सहकार्यमा स्वच्छ खानेपानीका लागि सरसफाईलाई ध्यान दिने प्रतिवद्धता जनाउनु भयो ।

बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकी उपाध्यक्ष सिता पौडेलको अध्यक्षतामा भएको सरसफाई सामाग्री वितरण कार्यक्रममा बोल्ने बक्ताहरुले बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले हरेक बर्ष सरसफाईमा ध्यान दिदै सरसफाईका सामाग्री वितरण गर्दै आएको बताएका थिए ।
कार्यक्रममा स्वागत संस्थाकी उपाध्यक्ष कमला चौधरीले गर्नुभएको थिया भने संचालन सचिव यदुनाथ ज्ञवालीले गर्नुभएको थियो । संस्थाका पूर्व उपाध्यक्ष रबिलाल न्यौपाने, जनचेतना माबिका प्रधानाध्यापक कमलराज बेलबासे, मनकला घिमिरे, ऋषिराम खरेल, नेत्रप्रसाद लामिछाने, मुक्तबहादुर थापा लगायतले खानेपानी संस्थाले सरसफाई सामाग्री वितरण गरेकोमा धन्यबाद दिनुभएको थियो । खानेपानीले टोलविकास संस्था र विद्यालयलाई डस्टविन वितरण गरेको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय