LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |
रौतहटमा आगलागी भएको पेट्रोल बोकेको ट्याङ्कर। तस्बिर : इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर


साउन २१ गते ।
महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्करमा आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा ध्वस्त भएको छ।

बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर मृग बचाउने क्रममा अनियन्त्रित भई सडकको दायाँ किनारमा पल्टिँदा आगलागी भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो।

ट्याङ्कर चालक समिर गुरुङलाई उद्धृत गर्दै उहाँले ट्याङ्कर पल्टिएपछि अचानक आगलागी भएको बताउनुभयो।

रौतहटमा आगलागी भएको पेट्रोल बोकेको ट्याङ्कर। तस्बिर : इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर

उहाँका अनुसार चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट पुगेका दमकलको सहयोगमा बिहान करिब ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भएको भए पनि मानवीय क्षति भने भएको छैन। राजमार्गसमेत सुचारु रहेको प्रहरीले जनाएको छ।

बाराको सिमरा उपमहानगरपालिका–११ का करिब २५ वर्षीय ट्याङ्कर चालक गुरुङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो।

घटना चन्द्रपुर नगरपालिकादेखि करिब १३ किलोमिटर पश्चिमतर्फको जङ्गल क्षेत्रमा भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय