LIVE
दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने | पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक |
ग्यास लिएर जादै बुटवलका स्थानियहरु

२९, साउन

बुटवलमा दैनिकजसो सयौं सिलिण्डर ग्यास वितरण भैरहेको छ तर पनि अभाव नहटेपछि कृतिम अभाव र कालोबजारी नगर्न प्रशासनले व्यवसायी र विक्रेताहरुसंग आग्रह गरेको छ ।ग्यास अभाव भएको भन्दै बुटवलमा तीन दिनअघि नौंसय ग्यास सिलिण्डिर वितरण गरिएको थियो भने विहिवार पनि एकैदिन नौंसय सिलिण्डर ग्यास वितरण गरिएको छ ।

त्यसैगरी ग्यास डिलरहरुमार्फत दैनिक सयौं सिलिण्डर ग्यास उपभोक्ताको घर घरमा पुगेको छ तरपनि ग्यास अभाव रोकिएको छैन ।ग्यास वितरण गर्दा पनि अभाव देखिएपछि उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहीले खाना पकाउने एलपी ग्यासको कृतिम अभाव र कालोबजारी नगर्न सम्बन्धित व्यवसायी तथा विक्रेतालाई आग्रह गरेको छ ।मञ्चले ग्यासको मौज्दात लुकाउने तथा उपभोक्तालाई अनावश्यक दुःख दिने कार्य कानुन विपरीत भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहीको आग्रह छ ।


यता विहिवार लुम्बिनी बाणिज्य क्याम्पसको बाहिर नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलवारी रुपन्देहीले विभिन्न कम्पनीका नौं सय सिलिण्डर ग्याँस वितरण गरेको छ ।
बुटवलमा विहानैदेखि गर्मीको बीचमा पनि उपभोक्ताहरु ग्यास खरिद गर्न लाईन बसेका थिए ।आयल निगमले ज्येष्ठ नागरिक, महिला र विद्यार्थीलाई विशेष ग्राह्यता दिएर ग्याँस वितरण गरेको हो । विहिवारपनि त्रिशुल, सिद्धनाथ, बुटवल, सिद्धार्थ, लुम्बिनी, जानकी लगायत नौंवटा कम्पनीका नौंसय ग्यास वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय