LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
बरामद गरिएको सामान

भैरहवा, २८ साउन । सशस्त्र प्रहरी बलले रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेक्वा रुपन्देहीबाट खटिएको सीमा अनुगमन टोलीले बिहीबार सिद्धार्थनगर नगरपालिका–११ स्थित भुजौली इलाकामा अन्दाजी मूल्य ५ लाख २९ हजार ४ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेक्वा, रुपन्देहीका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाका अनुसार चेकजाँचका क्रममा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा बरामद गरिएको हो ।

त्यस्तै सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा रुपन्देहीबाट खटिएको टोलीले बिहीबार सिद्धार्थनगर नगरपालिका–१ स्थित बाइपास इलाकामा अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा अन्दाजी ४ लाख ७ हजार मूल्य बराबरको लत्ताकपडा, रेडीमेट गहना, किराना सामान र ढुवानीमा प्रयोग भएको अन्दाजी १ लाख रुपैयाँ बराबरको लु २९ प ८७२१ नम्बरको स्कुटी १ थान गरी ५ लाख ७ हजार रुपैयाँको सामान बरामद गरेको हो । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय