LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

रुपन्देहीको सैनामैना नगरपालिका १० को एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर भएको छ ।
दुई बर्षअघि मात्रै फोहोर व्यवस्थापन केन्द्रको लागि सैनामैना नगरपालिकाले जग्गाको भोगादिगार प्राप्त गरेको थियो ।
संघीय सरकारले फोहोर व्यवस्थापन केन्द्रको लागि सैनामैना नगरपालिका–१० मा रहेको राष्ट्रिय वनको ३ दशमलब ५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।


फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने प्रक्रिया अन्तरगत निर्माणस्थलमा रहेका रूखहरू हटाउने सम्बन्धमा सैनामैना नगरपालिका र वन तथा भू–संरक्षण विभाग, काठमाडौंबीच शुक्रबार सम्झौता भएको हो ।
सम्झौतामा सैनामैना नगरपालिकाको तर्फबाट नगर प्रमुख फणेन्द्रप्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले हस्ताक्षर गर्नुभएको छ ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सम्झौतासँगै एकला पहाड क्षेत्रमा प्रस्तावित फोहोर व्यवस्थापन केन्द्र निर्माणको थप बाटो खुलेको बताउनु भयो ।

नगरपालिकाले अहिलेसम्म वडा नं. ९ मा रहेको पिपलडाँडा क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएको छ । नगर प्रमुख शर्माले फोहोर व्यवस्थापन केन्द्र निर्माण हुने क्षेत्रका रूख हटाएपछि आवश्यक पूर्वाधार निर्माणका काम अघि बढाइने जानकारी दिनुभयो । सैनामैनाको सालझण्डी कोठी जंगलबाट ६ किलोमिटर उत्तरमा रहेको एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र निर्माणको योजना आठ बर्षअघि सुरु भएको थियो ।केही वर्षअघि नै प्रक्रिया अघि बढे पनि जग्गा प्राप्ति नहुँदा काम सुरु हुन सकेको थिएन ।

जग्गा प्राप्तिसंगै रुख कटानको लागि प्रकृया सुरु भएकोले अव थप कामका लागि संघीय र प्रदेश सरकार तथा विज्ञहरुसँग सल्लाह गरेपछि फोहोर प्रशोधन केन्द्रको रुपरेखा तयार हुनेछ ।फोहोर व्यवस्थापनका लागि एसियाली विकास बैंकले निर्माणका लागि चासो दिएको सैनामैना नगरपालिकाले जनाएको छ ।
एकला पहाडको फोहोर व्यवस्थापनमा सैनामैनासँगै छिमेकी अरु पालिकाका फोहोर पनि व्यवस्थापन हुनेछ ।

एकीकृत फोहोर व्यवस्थापनका लागि सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र कञ्चन गाउँपालिकाबीच विगतमा सम्झौता भएको थियो । त्यसमा गैडहवा गाउँपालिका र शुद्धोधन गाउँपालिका पनि समेटिन सक्ने बताइएको छ ।केन्द्रमा कुनैपनि फोहोर खेर नजाने गरि संरचना बन्ने र त्यहाँ बायोग्याँस प्लान्ट, कम्पोष्ट मलको प्लान्ट बन्ने छ । प्लास्टिक, धातु जस्ता फोहोरलाई पुनः प्रयोग गर्न सकिने गरि प्लान्ट जडान हुने योजना रहेको छ ।
फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि ६० करोड लागत अनुमान गरिएको छ । संरचना निर्माणका लागि ८८ वटा रुख काट्नुपर्ने नगरपालिकाको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय