LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझन्डीमा शुक्रबारदेखि नयाँ र स्तरीय होटल संचालनमा आएको छ । पाहुना घर होटल एन्ड लज नामबाट औपचारिक रूपमा सञ्चालनमा आएको होटलको उदघाटन सैनामैना नगरपालिकाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्कीले गर्नुभयो ।
होटलका सञ्चालक लीलामणि घिमिरेले स्थानीय तथा बाह्य पर्यटक तथा पाहुनालाई सहज, आरामदायी र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको बताउनुभयो । सञ्चालक घिमिरेले ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै स्वच्छ, पारिवारिक र भरपर्दो वातावरणमा सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सैनामैनाको सालझन्डी क्षेत्रको बढ्दो पर्यटकीय तथा व्यावसायिक गतिविधिलाई लक्षित गर्दै सञ्चालनमा आएको पाहुना घर होटल एन्ड लजमा आरामदायी बसाइसँगै खानपान तथा आतिथ्य सेवासमेत उपलब्ध हुने बताइएको छ ।

होटलको एक समारोहका बीच उदघाटन गर्दै सैनामैनाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्कीले अहिलेको प्रतिकूल अवस्थामा पनि स्थानीय क्षेत्रमा नयाँ व्यवसाय सञ्चालन हुनु सकारात्मक भएको बताउनु भयो । उहाँले होटलले गुणस्तरीय सेवा प्रदान गर्ने र स्थानीय पर्यटन तथा आर्थिक गतिविधिमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय