LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

दाङ, ८ भदौ । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस गरिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्रीपरिषद् को कार्यविभाजनसहित मन्त्रीपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको हो । नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) बाट तीनजना नयाँ मन्त्री नियुक्त गरी मन्त्रीपरिषद् पुनर्गठन गर्न सिफारिस गरिएको छ ।

नयाँ नियुक्त भएका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ । नयाँ नियुक्त भएका मन्त्रीहरुको पद तथा गोपनीयताको शपथग्रहण रुपन्देहीको बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा मंगलबार दिउँसो ३ बजेर २५ मिनेटमा राखिएको छ ।

मन्त्रीपरिषद्का अन्य सदस्यमा तुलसी प्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोष कुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहनुभएका रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहनुभएका तुलसी प्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका सन्तोष कुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।

वर्तमान सरकारमा नेकपा (एमाले) बाट मुख्यमन्त्रीसहित चारजना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीनजना र जनता समाजवादी पार्टी, नेपालबाट दुईजना मन्त्री रहने गरी भएको सहमति अनुसार मन्त्रीपरिषद् पुनर्गठन गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय