रुपन्देहीको सैनामैना नगरपालिका ११ मा रहेको निर्माण कम्पनी श्रीकृष्ण कन्स्ट्रक्सन रुपन्देहीले भोटेकोसी बाढीपहिरोमा प्रभावित पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रबन्ध निर्देशक नेत्र प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उहाँले गत बुधबार बिहान चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । कन्सट्रक्सनका संचालक मिना घिमिरे र इन्जिनियर विशाल घिमिरेले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।



साथै, विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग पु¥याउन सबैमा आग्रह गर्नुभएको छ । श्रीकृष्ण कन्स्ट्रक्सनले विगतमा पनि विभिन्न सामाजिक कृयाकलापका क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।




