LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देही, १७ भदौ ।

रसुवा, नुवाकोट र गोरखामा आएको बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमको खोज, उद्धार र परिवारलाई सहयोग गर्ने उद्देश्यले लुम्बिनी प्रेस क्लबले रु १ लाख सहयोग गर्ने भएको छ।

क्लबको आकस्मिक बैठकले बाढीका कारण सम्पर्कविहीन भएका पत्रकारको खोज तथा उद्धारका साथै प्रभावित पत्रकार र सञ्चारमाध्यमलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले जानकारी दिनुभयो।

उहाँका अनुसार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय तथा प्रेस काउन्सिल नेपालसँग समन्वय गरी उक्त रकम उपलब्ध गराइनेछ। बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन पत्रकारको तत्काल खोज तथा उद्धारलाई प्राथमिकता दिन सरकारसँग समेत क्लबले आग्रह गरेको छ।

क्लबका महासचिव प्रकाश न्यौपानेले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप तीव्र बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरिएको बताउनुभयो। उहाँले विपद्को समयमा पत्रकार तथा सञ्चारमाध्यमसमेत प्रभावित भएकाले उनीहरूको सुरक्षालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

क्लबले बाढीबाट ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै बाढी तथा पहिरोमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसैबीच बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका पत्रकार तथा सञ्चारमाध्यमलाई सबै प्रकारको सहयोग गर्न क्लब क्लव तयार रहेको कोषाध्यक्ष विष्णु भट्टराईले जानकारी दिनुभयो।

लुम्बिनी प्रेस क्लबले क्लबका सह–कोषाध्यक्ष रविन्द्र गुप्ताको संयोजकत्वमा बाढी तथा पहिरोबाट प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमलाई सहयोग गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय