१८ भदौ, बुटवल
रुपन्देहीको सैनामैना नगरपालिका–४ मा रहेको प्रभात इङ्लिश बोर्डिङ सेकेण्डरी स्कुल भोटेकोसी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूको राहतका लागि २ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ।



विपद्बाट प्रभावित परिवारको पीडामा केही भए पनि सहयोग पु¥याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरेको हो। विद्यार्थी, शिक्षक–शिक्षिका तथा कर्मचारीबाट संकलित रकम विद्यालयका प्रिन्सिपल अनन्तराम शर्माले प्याब्सन रुपन्देही जिल्ला अध्यक्ष दीपक खनाललाई विद्यार्थी प्याब्सन रिलिफ फण्डमार्फत राहतका लागि हस्तान्तरण गर्नुभएको हो।
देश विपत्तिमा परेको कठिन घडीमा पीडितहरूको साथमा उभिँदै राहत अभियानमा विद्यालय परिवारको सानो योगदान जोड्न पाएकोमा आफूहरू गौरवान्वित भएको विद्यालयले जनाएको छ।




