सैनामैना
भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहतका लागि सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले ५१ हजार १११ रुपैयाँ सहयोग गरेको छ।



वि.सं. २०७४ सालमा स्थापना भएको संघले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेको संघकी अध्यक्ष माया केसीले जानकारी दिनुभयो।
अध्यक्ष केसीले देशमा विपद् पर्दा सहयोग रकम सानो भए पनि मानवीय भावनाले सहयोग गर्नुपर्ने बताउँदै संघले विगतमा पनि दुःख र विपत्तिको समयमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।
भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडामा केही भए पनि सहयोग पु¥याउने उद्देश्यले राहत रकम प्रदान गरिएको संघले जनाएको छ।





