LIVE
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा | जेनजी शहीद दिवसमा भावुक बने परिवार (तस्वीरहरू) | सैनामैनामा नागरिकता सिफारिस निःशुल्क, नयाँ नागरिकता लिन अब सेवा शुल्क नलाग्ने | बुटवलको मुहार फेर्ने ‘सिग्नेचर ब्रिज’ : तिनाउमा ४ लेनको नयाँ पुल बन्ने | कोरियाले भन्यो– बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउँछौं | भोटेकोशी बाढीपीडितलाई सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ सहयोग | भोटेकोसी बाढीपीडितका लागि प्रभात इङ्लिश बोर्डिङ सेकेण्डरी स्कुलको २ लाख २५ हजार सहयोग | बाढी प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई सहयोग गर्ने लुम्बिनी प्रेस क्लबको निर्णय | बाढी प्रभावित परिवारहरूको पीडामा रामापुर रिभाइभल इङ्ग्लिस बोर्डिङ स्कुल को साथ | बाढी प्रभावितकोलागि होराइजन गौतमबुद्ध मा वि तिलोत्तमाले ५ लाख ८० हजार ५५५ रुपैयाँ सहयोग |

२०८३ भदौ २१ गते,

दक्षिण कोरियाले भोटेकोशी बाढीपछि नेपालको पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार सिंहदरबारमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा कोरियाले यस्तो प्रतिबद्धता जनाएको हो।

भेटमा बाढीपछि भइरहेको खोज, उद्धार तथा राहतका साथै बेपत्ता कोरियाली नागरिकको खोजीबारे छलफल भएको थियो। मन्त्री खनालले विपद् प्रभावित क्षेत्रमा कोरियाले राहत टोली तथा र्‍यापिड रेस्पोन्स टोली पठाएर गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा विपद् प्रतिरोधी र दिगो पूर्वाधार निर्माणमा निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।

जवाफमा मन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न कोरिया सरकार पूर्ण रूपमा तयार रहेको बताए। उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोगिरहेको क्षतिका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन कोरिया र नेपालले सहकार्य गर्नुपर्नेमा जोड दिए।

नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका लागि दक्षिण कोरियाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा आवाज उठाउने प्रतिबद्धतासमेत जनाएको छ। तीनदिने नेपाल भ्रमणमा रहेका कोरियाली परराष्ट्रमन्त्री ह्युनले दुई देशबीचको मित्रता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय