LIVE
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा | जेनजी शहीद दिवसमा भावुक बने परिवार (तस्वीरहरू) | सैनामैनामा नागरिकता सिफारिस निःशुल्क, नयाँ नागरिकता लिन अब सेवा शुल्क नलाग्ने | बुटवलको मुहार फेर्ने ‘सिग्नेचर ब्रिज’ : तिनाउमा ४ लेनको नयाँ पुल बन्ने | कोरियाले भन्यो– बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउँछौं | भोटेकोशी बाढीपीडितलाई सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ सहयोग | भोटेकोसी बाढीपीडितका लागि प्रभात इङ्लिश बोर्डिङ सेकेण्डरी स्कुलको २ लाख २५ हजार सहयोग | बाढी प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई सहयोग गर्ने लुम्बिनी प्रेस क्लबको निर्णय | बाढी प्रभावित परिवारहरूको पीडामा रामापुर रिभाइभल इङ्ग्लिस बोर्डिङ स्कुल को साथ | बाढी प्रभावितकोलागि होराइजन गौतमबुद्ध मा वि तिलोत्तमाले ५ लाख ८० हजार ५५५ रुपैयाँ सहयोग |

बुटवल गोरुसिङ्गे सडक खण्ड अन्तर्गत तिनाउ नदीमाथि बन्ने सिग्नेचर पुल निर्माणका लागि औपचारिक रूपमा ठेक्का सम्झौता भएको छ ।
सिग्नेचर पुलसँगै पहुँच मार्ग निर्माणका लागि चिनिया निर्माण कम्पनी एम एस आनहुई सिनजियान होल्डिङ ग्रुप कम्पनी लिमिटेडले ठेक्का पाएको हो । सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार पुलको डिजाइन समेत निर्माण कम्पनीले नै गर्ने गरी भ्याट र पिसिएससहित १ अर्ब ७० करोड ५४ लाख २९ हजार ५९२ रुपैयाँमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको हो ।
सडक विभागले यसअघि नै गरेको विस्तृत अध्ययन र पुलका डिजाइनका नमुना समेत तयार पारेको थियो। ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले अबको तिन वर्षमा पुल निर्माणको काम पूरा गर्नुपर्ने छ । सम्झौता अनुसार निर्माण गर्दाको ३ वर्ष र पुल निर्माण भएको ५ वर्ष पछि सम्मको मर्मत सम्भारको काम समेत निर्माण कम्पनीले गर्नुपर्ने छ ।
महाशाखाका प्रमुख तथा परियोजना निर्देशक उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत हाल पुल भएकै स्थानको छेउमा नयाँ पुल बन्ने छ ।
यसअघि सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेटमै नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गर्ने भन्दै बजेटको व्यवस्था गरेको थियो । सोही अनुसार नारायणी नदीमा पुल निर्माण सुरु भइसकेको छ भने तिनाउ नदीको पुलको लागि गत मङ्सिर अन्तिम साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो ।
हाल प्रयोगमा रहेको पक्की पुललाई यथावत राख्दै त्यसको उत्तर र दक्षिणतर्फ थप दुई–दुई लेनमा निर्माण गरिने पुलको लम्बाइ २ सय ३० देखि २ सय ४० मिटरसम्म हुनेछ ।
२०३८ सालमा निर्माण भएको हालको तिनाउ पुल साँघुरो र जीर्ण बन्दै जाँदा बढ्दो सवारी चाप व्यवस्थापन गर्न कठिन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय