LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

वीरगञ्ज, ७ असोज : सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्र्रशासन कार्यालय पर्सामा आज भएको सर्वपक्षीय बैठकमा सबै धर्म, संस्कृतिको सम्मान गर्दै आपसी सद्भाव कायम राख्ने सहमति भएको हो ।

राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवालगायतको उपस्थितिमा बसेको बैठकमा अबदेखि शान्ति सुरक्षा अमनचैनमा असर पर्ने गरी धार्मिक एवं सामुदायिक प्रकारको ¥याली, जुलुस, प्रदर्शन र बन्द हड्ताल नगर्ने सहमति भएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।

“बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको गरिमालाई आत्मसात गर्दै सबै धर्म एवं सम्प्रदायसँग सम्बद्ध सङ्घसंस्थाहरू विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने हाम्रो राष्ट्रको मर्म रहेअनुसार शान्ति अमनचैनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका ¥याली, बन्द आदि कार्यक्रम एवं गतिविधि कुनै पनि सङ्घसंस्था एवं समुदायले नगर्ने र यसमा सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, संस्था, क्षेत्रलगायतका सरोकारवालाले सहयोग गर्ने सहमतिपत्रमा उल्लेख छ ।

मूर्ति विर्सजनको क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीच विवादलाई लिएर हिन्दू समाजले हिजो वीरगञ्ज बजार बन्द गराउँदै प्रदर्शन गरेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच विवाद भएको थियो ।

यसैबीच वीरगञ्ज महानगरपालिकाको अगुवाइमा भोलि वीरगञ्जमा धार्मिक सद्भाव ¥याली निकाल्ने तयारी भएको छ । वीरगञ्ज महानगरपालिकाले आज एक सूचना जारी गर्दै भोलि सोमबार बिहान ११ बजे सद्भाव ¥याली निकाल्ने जानकारी दिएको छ ।

वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङपुलबाट सद्भाव ¥याली निकाल्ने वीरगञ्ज महानगर पालिकाको सूचनामा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय