LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सामाजिक सञ्जालमार्फत् अश्लिल गालीगलौज गरेको आरोपमा रूपन्देहीका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  सैनामैना नगरपालिका वडा नं २ का दिपक गलामीले सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिहरूलाई अश्लिल गालीगलौज गरेको आरोप छ। विदेशमा रहेका गलामीले सामाजिक सञ्जालमा अरूका विरूद्ध अश्लिल गालीगलौज गर्दै स्टाटस लेख्ने, अरूको स्टाटसमा कमेन्ट गर्ने लगायतको कार्य गरेकोले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत अगस्ट २८ तारिखका दिन गलामीले गृहमन्त्री नारायणकाजी श्रेष्ठका विरूद्ध अश्लिल शब्द सहितको स्टाटस सामाजिक सञ्जालमा लेखेका थिए।केहीबेर अघि मात्र नेपाल आएको मौका पारेर गलामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।


इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गलामीले सामाजिक सञ्जालको दुरूपयोग गरेर अश्लिल शब्दले गालीगलौज गर्ने गरेको र स्थानीयहरूलाई समेत अश्लिल शब्द प्रयोग गरी गालीगलौज गर्ने गरेको निवेदनका आधारमा नियन्त्रणमा लिइएको हो।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले गलामीले सामाजिक सञ्जालको दुरूपयोग गर्दै अश्लिल शब्द प्रयोग गरेर कमेन्ट तथा पोष्ट गर्ने गरेको भन्ने निवेदन परेकोले सम्झाई बुझाई गर्न नियन्त्रणमा लिइएको बताए। गलामीविरूद्ध सामाजिक सञ्जालको दुरूपयोग गरेको भन्ने ठाडो निवेदन रहेकोले गल्ती महसुस गराएर हटाउन लगाउने प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय