इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीको टोलीले ४ ग्राम ६० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित एक युवकलाई पक्राउ गरेको छ ।
यही असोज १३ गते राती साढे ११ बजेको समयमा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा न. ११ फायरलाईनमा चेकजाचको क्रममा उक्त युवक पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा न. ११ बस्ने वर्ष २६ को चित्रबहादुर मल्ल रहेको र उनको साथबाट चार ग्राम साठी मिलिग्राम लागु औषध खैरो हेरोईन बरामद गरिएको हो ।
पक्राउ परेका मल्ल लु ६४ प ४०४ नम्बरको स्कुटरमा हरैया रुद्रपुर तर्फबाट आउदै गरेको अवस्थामा प्रहरी चेकिङमा परेका थिए ।
यसैगरी इलाका प्रहरी कार्यालय सालझण्डीले सालझण्डीमा लागूऔषध दुव्र्यसनी बिरुद्ध प्रशिक्षण प्रदान गरेको छ । पशुपति माध्यमिक विद्यालयसंग समन्वय गरी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्राचार्य तथा अन्य शिक्षकहरु समेतको उपस्थितिमा कक्षा ११ र १२ मा अध्ययनरत करिव ९५ जना विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसनी बिरुद्ध प्रशिक्षण प्रदान गरिएको प्रहरीले जनाएको छ ।







